रुपन्देही २ मा विष्णु पौडेल ७३८ मतले अगाडि 

रुपन्देही, मंसिर ७

रुपन्देहीको क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई पछि पार्दै एमालेका उम्मेदवार विष्णु पौडेलले अग्रता बढाएका छन् । विष्णु पौडेल स्वतन्त्र पार्टिभन्दा ७३८ मतले अगाडि छन् ।

बुधबार बिहानसम्म भएको २५ हजार एक सय ४५ मत गणना हुदा विष्णु पौडेलले ८ हजार पाँच सय ९४ मत प्राप्त गरेका छन् । मतगणना देखिनै निरन्तर अगाडि रहेका राष्ट्र्रिय स्वतन्त्र पार्टिका उम्मेदवार गणेश पौडेलले सात हजार ८ सय ५६ मत प्राप्त गरेका छन् ।

त्यसैगरी सत्ता गठबन्धनको सर्मथन रहेको जनमुक्ती पार्टीका उम्मदेवार केशव थापाले ६ हजार ६ सय दुई  मत प्राप्त गरेका छन् ।

नयाँ पत्रिकाबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?