ढोरपाटन, मंसिर ७
बागलुङ –१ (१) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी हुनुभएको छ । थापाले नेकपा (एमाले)का उम्मेदवार हीराबहादुर केसीलाई एक हजार चार सय ७८ मतान्तरले पराजित गर्नुभएको हो । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीले १२ हजार चार सय पाँच मत प्राप्त गर्नुभएको छ ।
थापा पाँचदलीय गठबन्धका साझा उम्मेदवार हुनुहुन्थ्यो । यस क्षेत्रमा थापा र केसीसहित पाँच जनाको उम्मेदवारी परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य एक हजार चार सय ५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विक तीन सय सात र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमालले एक सय सात मत प्राप्त गर्नुभएको छ ।
बागलुङ नगरपालिकाका ११ वडा र काठेखोला गाउँपालिका पर्ने यस क्षेत्रमा ५० हजार दुई सय ८० मतदाता रहेकामा २८ हजार आठ सय २५ मत खसेको थियो । जसमा छ सय ३२ मत बदर भएको छ ।
राससबाट