जुम्लामा सहकर्मीलाई पराजित गर्दै कांग्रेसकै ‘बागी’ विजयी  

जुम्ला, मंसिर ७

कांग्रेसका कर्णाली प्रदेश सभापति ललितजंग शाहीलाई पराजित गर्दै कांग्रेसकै बागी उम्मेदवार देवेन्द्रबहादुर शाही जुम्ला प्रदेश निर्वाचन क्षेत्र (क) प्रत्यक्ष तर्फ निर्वाचित भएका छन्।

सत्तागठन्धनबाट प्रदेश (क) मा उम्मेदवार बनेका कांग्रेस प्रदेश सभापति शाही ०५१ र ०५६ सालको चुनावमा बागी उम्मेदवार बनेका थिए।

त्यतिवेला लाल हमाल र दीनबन्धु श्रेष्ठलाई पार्टीले उम्मेदवार बनाएको थियो। पछि ०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा शाही निर्वाचित भएका प्रदेश सभापति शाहीलाई कांग्रेसकै बागी उम्मेदवार देवेन्द्रबहादुर शाहीले पराजित गरेका हुन्।

प्रदेश सभा (क) तर्फ खसेको २४ हजार ६५५ मध्ये शाहीले ९ हजार ६५४ ८ हजार ५२४ मत प्राप्त गरी विजयी भएका हुन् छन्। एक हजार ८९९ मतान्तर छ।

यस्तै, गठबन्धनका साझा उम्मेदवार काँग्रेस प्रदेश सभापति ललितजंग शाहीले ७ हजार ७५५ मत प्राप्त गरेकी छिन् भने नेकपा एमालेका धिरेन्द्रराज गिरीले ५ हजार ४७० मत प्राप्त गरेका छन्। नेमकिपाका राजेश्वर देवकोटाले ६९४ मत प्राप्त गरेका छन्।  बदर एक हजार ८२ मत छ।

हालै सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा चन्दननाथ नगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचन भए। उनी पनि कांग्रेसकै नेता हुन्। कांग्रेस पार्टीले मेयर पदमा पदमबहादुर शाहीलाई उम्मेदवार बनाएको थियो। ०७४ को प्रदेश सभा निर्वाचनमा प्रदेश (क) बाट माओवादीका नरेश भण्डारी निर्वाचित भएका थिए।

निर्वाचित सांसद शाही चन्दननाथ नगरपालिका – १० वारकोटेबाडामा जन्मेका हुन्। बुबा नरविर शाही र आमा कला शाहीको कोखबाट २०१९ कात्तिक १९ गते जन्मिएका शाहीले जुम्लाको कर्णाली प्राविधिक शिक्षावाट प्राविधिक शिक्षा हाँसिल गरेर सिटिईभिटीमा करिब १५ वर्ष जागिर गरेका थिए।

२०४६ सालमा जनमोर्चामा आवद्ध भएका थिए । २०५६ सालमा जनमोर्चाबाट राजिनामा दिएपछि २०५८ साल कांग्रेसका पूर्व जिल्ला सभापति स्व.मानव सेजुवालको प्रेरणाले कांग्रेसको क्रियासिल सदस्य लिएर राजनीतिमा होमिएका थिए।

जिल्ला कमिटीको कोषाध्यक्षको जिम्मेवारी समाल्दै १२ औँ महाधिवेशनमा तेस्रो नम्बरमा १४ औँ महाधिवेशनमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा समेत चुनिएका थिए । त्यस पश्चात कांग्रेसको संगठन विभाग समेत सम्हालेका शाहीले सामाजिक हितका थुप्रै काम गरेका छन्

२०७४ सालको निर्वाचनमा एमाले र माओबादीको बाम गठवन्धन हुँदा प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारी दिएर चुनावी मैदानमा उत्रिएका थिए। त्यतिबेला काँग्रेसको मत ११ हजार मात्रै हुँदा लोकप्रियताका कारण १४ हजार २ सय मत ल्याएर पराजय भएका थिए।

निर्माण व्यवसायीको पृष्ठभुमिबाट राजनीतिमा आएका शाही समयमै गुणस्तरीय पूर्वाधार संचना निर्माण गर्ने निर्माण व्यवसायी मध्ये एक हुन्। उनको सरल स्वभाव र जनमैत्री काम गर्ने शैलीका कारण स्वतन्त्र उम्मेदवारी दिँदा पनि लोकप्रिय मत पाउन सफल भएको शाहीको दाबी छ।

पार्टीले टिकट नपत्याएपछि स्वतन्त्र (बागी) उम्मेदवारी दिएका शाही हाल लोकप्रिय मतले विजयी भएका शाहीले निर्वाचित भईसकेपछि पत्रकारसँग बोल्दै आफ्नो जीतनै समग्र जनताको जीत भएको बताएका छन्।

जुम्लाको आर्थिक समृद्धी, रोजगारी सृजना, दिगो विकासका सबालमा बौद्धिक वर्ग संगको छलफल, परामर्श बिना कुनै पनि काम अघि नबढाउने प्रतिबद्धता गरेका छन्।

नीति निर्माणमा पहिलो प्रथामिकता दिने भन्दै जुम्लाको स्वास्थ्य, शिक्षा, पर्यटन प्रर्बद्धनका लागि अल्पकालीन, मध्यमकालीन र दिर्घकालीन योजना निर्माण जोड दिने उनले बताए।

नयाँ पत्रिकाबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?