रसुवा, मंसिर ७
राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि सभा सदस्यका उम्मेदवार मीननाथ देवकाेटाले मतगणना अस्वीकार गरेका छन् । उनले मत गणना अमान्य भएकाे र पुन: गणना गर्न अनुराेध गरेका छन् ।
विजयी घाेषणा गरेकाे परिणाम अमान्य रहेकाे भन्दै मुख्य निर्वाचन कार्यालय र सरकारी शुरक्षा निकायलाइ समेत पत्राचार गरी मत परिणाम अस्वीकार गरेकाे जानकारी दिए ।
उम्मेदवार देवकाेटा र प्रचार संयाेजक कैलाश भट्टले पत्रमार्फत मतदान केन्द्रबाट मतपेटीका ल्याउदा ढिलाइ भएकाे र सिल ताेडिएकाे उल्लेख गरी पुन: मत गणना गर्न माग गरेका छन् । अन्य दलले भने मत परिणामका बारेमा केही बाेलेका छैनन् ।
तपाईलाई केहि भन्नु छ ?