प्युठानबाट एमालेका युवा नेता सूर्य थापा निर्वाचित

सुजल श्रेष्ठ

प्युठान, मंसिर ७

प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का सूर्य थापा प्यूठानबाट निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार थापाले ४१ हजार ११८ मत प्राप्त गरी बिजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका साझा उम्मेदवार जनमोर्चाका दुर्गा पौडेलले ३५ हजार ८४४ मत पाउनुभएको छ । थापाले ५ हजार २७४ मतअन्तरले जित हासिल गर्नुभएको हो ।

एक मात्र प्रतिनिधि शभा सदस्य निर्वाचन क्षेत्र रहेको प्युठानमा ९ वटा स्थानीय तह रहेको छ । १ लाख ५९ हजार ७६० मतदातामध्ये ८८ हजार ९५८ मत खसेको थियो ।

गाेरखापत्रबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?