मकवानपुर-२ मा एमालेका महेश बर्तौला विजयी

सुवास विडारी

मकवानपुर, मंसिर ८

मकवानपुर-२ मा नेकपा एमालेको उम्मेदवार महेश बर्तौला विजयी भएका छन् ।

सत्तारुढ गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादिका विरोध खतिवडालाई पराजित गर्दै बर्तौला विजयी भएका हुन् । बर्तौलाले निकट प्रतिस्पर्धी खतिवडालाई ४ हजार ५२० मतान्तरले पराजित गरेका हुन् ।

८६ हजार ३ सय १ मत खसेकोमा बर्तौलाले ३४ हजार ९ सय १६ मत पाएर विजयी हुँदा खतिवडाले ३० हजार ३ सय ९६ मत पाए । बर्तौला निर्वाचित भएसँगै खतिवडाको अपराजित यात्रा टुंगिएको छ । यसअघि उनी लगातार ४ पटक निर्वाचित भएका थिए ।

कान्तिपुरबाट

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?