सल्यानमा एकीकृत समाजवादीका प्रकाश ज्वाला विजयी

विप्लव महर्जन

सल्यान, मंसिर ८

सल्यानमा प्रतिनिधिसभा सदस्यतर्फको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला विजयी भएका छन् ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा सल्यान क्षेत्र नं १ मा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उम्मेदवार प्रकाश ज्वालाले ३५ हजार ७०० मत ल्याई विजयी भएका हुन् ।

उनले निकटतम प्रतिद्वन्द्वी स्वतन्त्रका उम्मेदवार राजेन्द्रबहादुर शाहलाई १५ हजार ९११ मतान्तरले पराजित गरेका हुन् । पराजित राजेन्द्रबहादुर शाहले १९ हजार ७८९ मत ल्याएका छन् ।

त्यस्तै, एमालेका उमेदवार राजेन्द्र विर रायले १३ हजार २९ मत ल्याएका छन् । २०३७ सालदेखि राजनीतिमा प्रवेश गरेका ज्वालाले २०५२ सालदेखि संसदीय निर्वाचनमा भाग लिएका थिए । उनले पहिलो पटक २०५६ मा , दोस्रो पटक २०७०, तेस्रो पटक २०७४ जित हासिल गरेका थिए ।

२०५२/०५३ मा शाहबाटै पराजित भएका ज्वालाले यो भन्दा पहिला राजेन्द्रबहादुर शाहलाई २०५६ मा पहिलो पटक पराजित गरेका थिए । अहिलेसम्म चार पटक निर्वाचित भइसकेका ज्वाला २०७४ मा निर्वाचित भएपछि कर्णाली प्रदेशका अर्थ मामिला मन्त्री समेत भएका थिए ।

उनले जिल्लाको मुख्य मार्ग राप्ती राजमार्ग, मदनभण्डारी मार्ग लगायत अन्य मार्गलाई कालोपत्र गर्ने र जिल्लाको शिक्षा, स्वास्थ्य, कृषि, बेरोजगारी समस्या समाधान गर्नेमा प्रतिबद्धता जनाएका छन् ।

कान्तिपुरबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?