धनगढी, मंसिर ८
कैलालीकाे निर्वाचन क्षेत्र नं ४ मा नेपाली काँग्रेसका बीरबहादुर बलायर निर्वाचित हुनु भएकाे छ । अन्तिम मतपरिणाम अनुसार प्रतिनिधि सभा सदस्यमा निर्वाचित बलायरले २६ हजार २ सय २० मत प्राप्त गर्नु भएकाे छ ।
उहाँका निकटम प्रतिद्वन्दी नेकपा एमालेका लेखराज भट्टले २२ हजार ६ सय १३ मत ल्याउनु भएकाे छ । पाँच दलिय गठबन्धनका उम्मेद्वार बलायर र भट्ट बिचकाे मतान्तर ३ हजार ६ सय ७ मत रहेकाे छ । पूर्वमन्त्री समेत रहेका बलायर नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभापति हुनु हुन्छ ।
उहाँ २०७० सालकाे निर्वाचनमा डाेटीबाट निर्वाचित हुनु भएकाे थियाे । यस्तै याे क्षेत्रबाट चाैथाै पटक चुनावी प्रतिस्पर्धामा रहेका भट्ट नेकपा एमालेका सचिव एंव सुदूरपश्चिम प्रदेश ईन्चार्ज हुनु हुन्छ । कुल १ लाख १० हजार ४५३ मतदाता रहेकाे कैलाली ४ मा ६३ हजार ३ सय ८६ मत खसेकाे थियाे ।
जसमध्य ५९ हजार २ सय ३३ मत सदर र ४ हजार १ सय ५३ मत बदर भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ । याे क्षेत्रमा गाेदावरी नगरपालिका, चुरे गाउपालिका, गाैरीगंगा नगरपालिका र माेहन्याल गाउपालिका वडा नं ५ पर्दछ ।
रेडियाे नेपालबाट