पाल्पा क्षेत्र नम्बर १(१)मा एमाले श्रेष्ठ बिजयी

साझाकथा संवाददाता

पाल्पा, मंसिर ८

पाल्पा क्षेत्र नं.१ प्रदेश सभा (१)  सदस्यमा नेकपा (एमाले)का उम्मेदवार राजुप्रसाद श्रेष्ठ विजयी हुनु भए । श्रेष्ठले १७ हजार ६४२ मत ल्याएर विजयी हुँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका श्यामकान्त खनालले १२ हजार २ सय ५२ मत प्राप्त गरे ।

यस्तै प्रदेश सभा १ (१) मा राप्रपाका डुलबहादुर गाहाले ४३१ र मंगोलका पूर्ण बहादुर रुचालले २ सय ६० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

२०२३ सालमा जन्मेका  श्रेष्ठले स्वास्थ्यमा स्नातकोत्तर गरेका छन्  । उनले  मतदाता माझ एकघर एक धार अभियानलाई पूर्ण सार्थकता तुल्याउने, गुणस्तरिय शिक्षाका निम्ति आवश्यक पहल र विकास गर्ने, स्वास्थ्य क्षेत्रमा आवश्यक परेको ठाउँमा सेवा सहज र सुलभ गर्ने बताएका  थिए  ।

तस्वीर फेसबुकबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?