दाङ ३ (१) मा कांग्रेसका डिल्लीबहादुर

दाङ, मंसिर ८

दाङ क्षेत्र नं ३ को प्रदेशसभा (१) मा गठबन्धनअन्तर्गत नेपाली कांग्रेसका उम्मेदवार डिल्लीबहादुर चौधरी १९ हजार आठसय मत प्राप्त गरी विजयी हुनुभएको छ ।

उहाँका प्रतिद्वन्द्वी नेकपा (एमाले) का घनश्याम पाण्डेले १४ हजार चारसय ५० मत प्राप्त गरी पराजित हुनुभएको निर्वाचन अधिकृत डोलनाथ न्यौपानेले जानकारी दिनुभयो ।

उहाँहरुका बीच पाँच हजार चारसयको मतान्तर रहेको छ । यो क्षेत्रमा ६६ हजार चार सय ८६ मतदाता रहेकोमा ४० हजार पाँच सय ७० मत खसेको थियो ।

राससबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?