पर्वतबाट एमालेका गिरी दोहोरिए, कांग्रेसका जोशी पुनः पराजित

काठमाडौं, मंसिर ८

प्रतिनिधिसभा सदस्यतर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको पर्वतबाट नेकपा (एमाले)का उमेदवार पदम गिरी विजयी भएका छन् । गिरी यो क्षेत्रबाट दोस्रोपटक प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।

बिहीबार सार्वजनिक अन्तिम मतपरिणामानुसार गिरीले २९ हजार ८७२ प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेदवार अर्जुन जोशीले २७ हजार ६०९ मत ल्याए । उनीहरूबीचको मतान्तर दुई हजार २६३ छ ।

०७४ मा पनि जोशी र गिरीबीच नै मुख्य प्रतिस्पर्धा भएको थियो ।

बाह्खरीबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?