लमजुङबाट एमाले उपमहासचिव गुरुङ विजयी

लमजुङ, मंसिर ८

लमजुङको प्रतिनिधिसभा सदस्यतर्फ नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङलाई तीन हजार १८८ मतान्तरले पछि पार्दै पृथ्वीसुब्बा विजयी भएका हुन्।

जिल्ला निर्वाचन कार्यालयका प्रमुख नारायणप्रसाद सापकोटाका अनुसार‚ विजयी पृथ्वीसुब्बाले ३४ हजार ९६९ मत र देवले ३१ हजार ७८१ मत प्राप्त गरेका छन्।

कुल एक लाख ३३ हजार ५५९ मतदाता रहेकामध्ये ८० हजार १९२ मत खसेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा २०६४ मा तत्कालीन लमजुङ-२ बाट विजयी भएका थिए। २०७४ मा लमजुङ प्रदेश ‘२’ बाट विजयी भएका थिए। उनी गण्डकी प्रदेशमा पूर्व मुख्यमन्त्री पनि हुन्।

हिमाल खबरबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?