मिलीजुली सरकार बनाउनुपर्ने अवस्था आयो– अध्यक्ष ओली

झापा, मंसिर ८

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अब मुलुकमा मिलीजुली सरकार निर्माण गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ । झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित ओलीले झापाको दमक स्थित निर्वाचन आयोगमा प्रमाणपत्र ग्रहण गर्दै सो धारणा राख्नुभएको हो ।

पूर्वप्रधानमन्त्री ओलीले नेकपा (एमाले)ले मुलुकमा स्थिरता, स्थायित्व कायम गर्न खोजेको तर त्यसअनुसार निर्वाचनको परिणाम भने नआएकाले मिलीजुली सरकार बनाउनेतर्फ राजनीतिक पार्टी लाग्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो ।

उहाँले अबको एक–दुई वर्ष बहुमतको सरकार बनाउन गाह्रो हुने र बहुमतको सरकार बनिहाले पनि टिकाउन गाह्रो हुने उहाँले बताउनुभयो । यो निर्वाचन परिणामले मुलुक अस्थिरतातर्फ जाने खतरा बढेको तर्क गर्नुभयो ।

राससबाट

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?