साझाकथा संवाददाता
रसुवा, मंसिर ८
समानुपातिक मतगणनामा मतदाताले धेरै चिन्हमा मत संकेत गर्ने, स्वस्तिक छाप नलगाइ ल्याप्चे लगाउने र खाली मत पत्र हाल्ने जस्ता कारणले धेरै मत बदर भेटिएकाे छ ।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख श्रीराम थापाका अनुसार प्रतिनिधि सभा सदस्यकाे समानुपातिक मतगणनामा १ हजार २ सय ६६ मत बदर भएकाे हाे ।
गाउँ गाउँमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी हुन नसकेकाेले प्रत्यक्षमा समेत मत बदर देखिएकाे निर्वाचन पर्यवेक्षक प्रवेश परियारले बताए । मतदाता शिक्षा नपुगेर समानुपातिक पनि पहिलाे मतपत्रमै मत संकेत गरेकाे हुन सक्ने उनकाे अनुमान छ ।
प्रतिनिधि सभा प्रत्यक्षमा ७ सय ८४ मत बदर भयाे भने प्रदेश सभामा क मा ३ सय ६८ र ३ सय ५८ मत बदर भयाे । त्यसै गरी प्रदेश सभा समानुपातिक तर्फ १ हजार ३ सय १९ मत बदर भेटिएकाे थियाे ।
तपाईलाई केहि भन्नु छ ?