उद्योगपति विनोद चौधरी प्रतिनिधिसभा सदस्यमा निर्वाचित

काठमाडौं, मंसिर ९

चर्चित उद्योगपति विनोद चौधरी लुम्बिनी प्रदेशको नवलपुर (पश्चिम) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

नेपाली कांग्रेसका उम्मेदवार चौधरीले सात हजार १५१ मतको अन्तरले विजयी हुनुभएको हो । उहाँले २९ हजार ४५९ मत प्राप्त गर्नुभएको छ ।

उहाँका निकटतम जनता प्रगतिशील पार्टीका उम्मेदवार हृदयेश त्रिपाठीले २२ हजार ३०८ मत प्राप्त गर्नुभएको छ । त्रिपाठीले यसअघिको निर्वाचनमा विजयी हुनुभएको थियो ।

उहाँलाई नेकपा (एमाले) को समर्थन रहेको थियो । सो क्षेत्रमा नेपाल स्वतन्त्र पार्टीका उम्मेदवार महेन्द्र सेन (ठकुरी) ले १२ हजार ४९९ मत प्राप्त गर्नु भएको छ ।

गाेरखापत्रबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?