मोरङ, मंसिर ९
मोरङको क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभातर्फ एमालेका बागी उम्मेदवार योगेन्द्र मण्डल विजयी भएका छन्।
विजयी मण्डलले २१ हजार ८ सय २० मत प्राप्त गरेका छन्। निकटम् प्रतिस्पर्धी माओवादी केन्द्रका शिवकुमार मण्डलले १७ हजार ४सय ८६ मत पाएका छन्। जसपाका राजकुमार यादवले १७ हजार ३ सय ९० मत ल्याएका छन्।
पहिले एमालेबाट उम्मेदवार निश्चित भएका योगेन्द्र एमालेले जसपासँग गठबन्धन गरेपछि टिकटबाट वन्चित भएका थिए। यसैले उनले बागी बनेर स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए।
मोरङको कटहरी गाउँपालिका २ मा रहेको जीवन विकास लघुवित्त र जीवन विकास समाज नामक गैरसरकारी संस्था सञ्चालन गरिरहेका योगेन्द्र समाजसेवीका रूपमा चिनिन्छन्। उनको नोबेल डेरी उद्योग, पानी उद्योग र अस्पताल पनि सञ्चालनमा छ।
नयाँ पत्रिकाबाट
तपाईलाई केहि भन्नु छ ?