कास्की ३ बाट एमालेका दामोदर पौडेल निर्वाचित

कास्की, मंसिर ९

कास्की क्षेत्र नम्बर ३ बाट नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल वैरागी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। उनी निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका उम्मेदवार रामजीप्रसाद बराल जीवनलाई पराजित गर्दै निर्वाचित भएका हुन्।

निर्वाचन आयोगका अनुसार पौडेलले २२ हजार ९८० मत प्राप्त गरेका छन्। बरालले १७ हजार ५३५ मत पाएका छन्। यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार योगराज पौडेल १२ हजार १८० मत ल्याएर तेस्रो भएका छन्।

नेपाल खबरबाट

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?