बारा, मंसिर ९
बारा क्षेत्र नं. ३ बाट प्रतिनिसिसभा सदस्यमा नेकपा एमालेकी उम्मेदवार ज्वालाकुमार साह निर्वाचित हुनुभएको छ । एमाले पोलिटव्युरो सदस्य समेत रहनुभएका साह दुई हजार नौ सय ८२ मतको फराकिलो मतान्तरले निर्वाचित हुनुभएको हो ।
पूर्वमन्त्री समेत रहनुभएकी साहले २० हजार दुई सय ५१ मत प्राप्त गर्दा उनको निकटतम प्रतिद्धन्द्धी रामबाबु कुमार यादवले १७ हजार दुई सय ६९ मत प्राप्त गर्नुभएको छ । जनता समाजवादी पार्टी नेपालका मधेस प्रदेश अध्यक्ष समेत रहनुभएकाा यादव २०७४ सालको निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित सांसद समेत हुन् ।
यादवलाई पराजित गर्नुभएकी साह भने २०७४ सालको निर्वाचनमा ३(१) बाट माओवादी केन्द्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।यस क्षेत्रमा गठबन्धनको तर्फबाट लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार लालबाबु सिंहले ११ हजार नौ सय ६४ मत प्राप्त गर्नुभएको छ । त्रिपक्षीय भिडन्तमा साहले जित हासिल गर्नुभएको हो ।
साह बाराबाट निर्वाचित हुने एक मात्रै महिला सांसद समेत हुनुहुन्छ । मधेस प्रदेशको सबै जिल्ला र क्षेत्रमा तालमेल गरेको एमालेले बारा क्षेत्र नं. ३ मा भने जसपासंग मित्रवत प्रतिस्पर्धा गर्ने निणर्य गर्दै साहलाई उम्मेदवार बनाएको थियो ।
रेडियाे नेपालबाट