काठमाडौं
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत योपटक केही क्षेत्रमा साँघुरो अन्तरको हारजित भएको छ । हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएका मध्ये ५०० भन्दा कम मतान्तरले पराजित हुने उमेदवार ६ जना छन् ।
प्रतिनिधिसभा सदस्यतर्फ एक मात्र निर्वाचन क्षेत्र रहेको मनाङबाट नेपाली कांग्रेसका उमेदवार टेकबहादुर गुरुङ निर्वाचित भए । उनले दुई हजार ५७५ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उमेदवार पोल्देन छोपाङ गुरुङले दुई हजार २४७ मत ल्याए । उनीहरूबीचको मतान्तर ३२८ छ ।
यस्तै, दैलेख क्षेत्र नम्बर–२ बाट एमालेका उमदेवार लक्ष्मीप्रसाद पोखरेल १५३ मतान्तरले पराजित भए । यहाँबाट निर्वाचित कांग्रेसका दिक्पालकुमार शाहीले २० हजार १५८ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी पोखरेलले २० हजार पाँच मत पाए ।
दाङ निर्वाचन क्षेत्र नम्बर–२ बाट एमाले महासचिव शंकर पोखरेल नेकपा (माओवादी केन्द्र)की उमेदवार रेखा शर्मासँग १९७ मतान्तरले पराजित भए । शर्माले २६ हजार ८७७ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी पोखरेलले २६ हजार ६८० मत ल्याए ।
काठमाडौं क्षेत्र नम्बर–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उमेदवार रवीन्द्र मिश्र १२५ मतान्तरले पराजित भए । यहाँबाट कांग्रेसका प्रकाशमान सिंह सात हजार १४३ मत ल्याउँदै निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी मिश्रले सात हजार १८ मत प्राप्त गरे ।
पर्सा निर्वाचन क्षेत्र नम्बर–३ बाट कांग्रेसका उमेदवार सुरेन्द्र चौधरी १५१ मतान्तरले पराजित भएका । यहाँबाट निर्वाचित एमालेका राजकुमार गुप्ताले २४ हजार २६० मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी चौधरीले २४ हजार १०१ मत ल्याए ।
प्रतिनिधिसभा सदस्यतर्फ एउटा मात्र निर्वाचन क्षेत्र रहेको ताप्लेजुङबाट एमालेका योगेश भट्टराई निर्वाचत भए । उनले २१ हजार ९४३ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका उमेदवार खेलप्रसाद बुडाक्षेत्रीले २१ हजार ७५२ मत ल्याए । उनीहरूबीचको मतान्तर १९० छ ।
बाह्रखरी डटकमबाट