पाल्पा, मंसिर ९
प्रतिनिधिसभा पाल्पा–१(२) मा नेकपा (एमाले) का खेमबहादुर सारु विजयी हुनुभएको छ ।
सारुले १४ हजार दुई सय ९६ मत ल्याएर विजयी हुनुभएको छ भने उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका शङ्कर खनालले चार हजार सात सय ९१ मत पाउनुभएको सहायक निर्वाचन अधिकृत रामहरि पाण्डेयले जानकारी दिनुभयो ।
मङ्गोल नेशनल अर्गनाइजेशनका लालबहादुर दर्लामीले दुई हजार ३१, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मणप्रसाद पङ्गेनीले तीन सय ७४ र राष्ट्रिय जनमुक्ति पार्टीका टेकबहादुर रानाले एक सय ६५ ले मत पाउनुभएको छ । प्रदेशसभा सदस्यमा २४ हजार ८६ मत खसेकोमा चार सय ९३ मत बदर भएको छ ।
राससबाट
तपाईलाई केहि भन्नु छ ?