सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी शून्य

शुक्रबार, मंसिर १०

धनगढी । सुदूरपश्चिम प्रदेशका १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये नेकपा (माओवादी केन्द्र)ले चार स्थानमा प्रतिस्पर्धा गरेको थियो । सत्ता गठबन्धनभित्र भागबन्डा गर्दा माओवादी केन्द्रले चार क्षेत्र पाएको हो ।

ती चार क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । चारै क्षेत्रबाट माओवादी केन्द्रका उमेदवार पराजित भए । योसँगै सुदूरपश्चिमबाट प्रतिनिधिसभामा माओवादी शून्य भएको छ ।

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–१ बाट माओवादी केन्द्रकी उमेदवार बीना मगर, कैलाली क्षेत्र नम्बर–२ बाट सोही पार्टीका भगत बढुवाल, कैलाली–३ बाट माओवादी केन्द्रकै कृष्णकुमार चौधरी र बैतडीबाट सोही पार्टीका नरेन्द्र कुँवर पराजित भएका हुन् ।

राससबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?