हुम्ला प्रदेशसभा (२) मा कांग्रेसका शाही विजयी

हुम्ला, मंसिर १०

हुम्ला प्रदेश (२) बाट बाम– लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका जीवनबहादुर शाही विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार छक्कबहादुर लामालाई चार हजार ७७ मत अन्तरले पराजित गर्नुभएको हो ।

कांग्रेसका शाहीले सात हजार ५६ मत प्राप्त गर्दा एमालेका लामाले दुई हजार नौ सय ७९ मत प्राप्त गर्नुभएको निर्वाचन आयोगले जनाएको छ । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी ( राप्रपा ) का नैनसिंह रावतले ९८ मत प्राप्त गर्नुभयो भने जनता समाजवादी (जसपा)का बलिराज शाहीले ४१ र स्वतन्त्र उम्मेदवार सुमन रावतले २१ मत प्राप्त गर्नुभयो ।

यस्तै एक सय १९ मत बदर भएको छ । यसअघि प्रदेश (१) को अन्तिम मत परिणाम सार्वजनिक भइसकेको छ ।

राससबाट

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?