जसपाका रामसहाय यादव बारा २ बाट निर्वाचित

बारा, मंसिर १०

बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टीका महासचिव एवं पूर्व वनमन्त्री रामसहायप्रसाद यादव विजयी हुनुभएको छ ।

संविधान सदस्य एवं नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य शिवचन्द्र कुशवाहालाई पराजित गर्दै यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएका हो ।

यादवको १३ हजार आठ सय २३ मत अहाएको छ भने निकटतम प्रतिस्पर्धी माओवादीका कुशवाहाले १३ हजार चार सय ६८ मत पाउनुभएको थियो ।

यस्तै स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादवले ११ हजार ४३, अर्का स्वतन्त्र उम्मेदवार रवीन्द्रप्रसाद यादवले १० हजार सात सय ५०, स्वतन्त्र उम्मेदवार अरुणकुमार ज्ञवालीले सात सय ९८, जनमत पार्टीका राजेश साहले दुई हजार सात सय २५, नागरिक जनमुक्ति पार्टीका तेजबहादुर भगतले एक हजार एक सय ११ मत पाउनुभएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचित भएपछि यादवले प्रतिक्रिया दिँदै जनताको भरोसा टुटन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

राससबाट

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?