मोरङ-२ मा सुजाता कोइरालालाई हराउँदै एमालेका ऋषिकेश पोखरेल विजयी

विनोद भण्डारी

मोरङ, मंसिर  १०

मोरङ क्षेत्र नम्बर २ मा एमालेका ऋषिकेश पोखरेल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन । उनले कांंग्रेसकी सुजाता कोइरालालाई १ हजार २ सय ८ मतले हराएका पोखरेलले ३३ हजार १ सय ४८ मत पाउँदा कोइरालाले ३१ हजार ९ सय ४० मत ल्याइन् ।

पोखरेल यसअघि २०७० को संविधानसभा सदस्यमा पनि यो क्षेत्रबाट विजयी भएका थिए । उनी अघिल्लो निर्वाचनमा कांंग्रेसका मिनेन्द्र रिजालसँग पराजित भएका थिए ।

तत्कालीन क्षेत्र नम्बर १ हुँदा सुजाताका बुवा गिरिजाप्रसाद कोइरालाले यस क्षेत्रबाट २०४८, ५१ र ०५६ को संसदीय निर्वाचन जितेका थिए । २०५६ मा मोरङ र सुनसरी ५ बाट विजयी भएका कोइरालाले मोरङ छाडेपछि उपनिर्वाचनमा उनका प्रतिनिधि आमोदप्रसाद उपाध्यायले बाजी मार्दै पहिलो संविधानसभा निर्वाचनसम्म कोइरालाको विरासत थामेका थिए ।

२०७० को संविधानसभा निर्वाचनमा एमालेका पोखरेलले उपाध्यायलाई हराएर लाल झण्डा गाडेका थिए । २०७४ को निर्वाचनमा मीनेन्द्र रिजालले पोखरेललाई हराउँदै कोइरालाको विरासत फर्काएका थिए ।

यस पटकको निर्वाचनमा कोइरालाले रिजाललाई टिकटमै पन्छाएर उम्मेदवारी बनेकी थिइन् ।

कान्तिपुरबाट

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?