नारद बाँस्तोला । साझा कथा
पाँच महिनाअघि उदाएको राष्ट्रिय पार्टीले आकार ठूलो बनाउँदै छ । प्रतिनिधि सभामा अहिलेसम्म प्रत्यक्षमा ७ सिट जितेको छ । यसरी पाँचौंमा हैसियत बनाएको छ ।
नेपाली कांग्रेस सत्तामा रहेर गठबन्धन गरेपनि धेरै ठूला नेताको हार हुनु स्वाभाविक ठान्दछन् नेपालगञ्जका बद्री नेपाल । आफूलाई ठूला भनेर अहं र दम्भगर्ने नेताहरू पतनको बाटोमा जान लागेकाले मतदाताले नरुचाएको उनको भनाइ छ ।
सुर्खेतका होमकर्ण विकलाई एमाले र कांग्रेसका धेरै केन्द्रीय नेताहरू हारेको र जित्न हम्मे परेको प्रति कुनै फिक्री छैन । ‘निष्ठाको राजनीति छैन । आदर्श छैन । गठबन्धनमा नैतिकता चुकेकोछ’, उनी भन्छन्, ‘विचार र सिद्धान्तमा कतैपनि तालमेल नहुनेसँग पनि गठबन्धन हुनु हाँसोलाग्दो कुरा हो ।’
बद्री र होमजस्तै डडेल्धुराकीजयन्ती शाह भन्छिन्,‘गम्भीर प्रश्न उठ्यो, स्थापित दलका ठूला नेता किन हारे ? जनताले किन रुचाएनन् ? अब कसरी मुख देखाउने ?’आफन्तवाद र गुट उपगुटका कारण ठूला भनिएका नेता हारेको उनी सुनाउँछन् ।
विगतको जनमतले शक्ति उन्माद देखियो, अहिले मतदाताले नयाँ रोजे । उनी थप्छिन्,‘२०४६ सालदेखि मतदाताका मनमा उही एमाले र कांग्रेस थियो । नेता नसुध्रे अब जनमत पाउँदैनन् ।
नेतृत्वको वरिपरि घुमेर तथ्यको नजिक नपुग्ने र जनताका लागि सिन्को नभाँच्ने नेताहरू हारको शिकार बनेको रुपन्देहीका बलराम गिरीलाई लागेको छ । ‘अहिले त नयाँ दल खुले जनमत उतै भयो । यसअघिका ठूला दल र नेता सत्तामारजगज गरिरहे, लामो समयदेखि एकछत्र राज गरे । हामीबाहेक कोही छैन भनेर घमण्ड गरे । त्यही भएर जनताले लोप्पा खुवाइदिए ।’, उनी भन्छन् ।
आफ्नो भूगोलमा ध्यान नदिने, जनतालाईपर्याप्त समय दिन नसक्ने, मतदाताको सुख–दुःख नबुझ्ने र केन्द्रमुखी नेता पराजित भएको राजु आचार्य अड्कल छ । ‘पटक पटक एकै व्यक्ति जिताएर पनि जनअपेक्षा पूरा हुन नसकेकाले दिक्क जनताले विकल्प खोजिरहेका बेला फरक निर्णय मतपेटिकमै गरे’,उनी भन्छन्, ‘रूपान्तरण रपुस्तान्तरण नारा(शब्द)ले पनि काम गरेको हो ।’
‘पाका नेता अयोग्य पनि थिए । त्यसैले जनताले विदा गरे । केही बुढा बाँकी छन् तिनले पनि व्यवहार सुधार नगरे अर्को निर्वाचनमा फालिदिने छन्’, सिन्धुलीका मनोज आचार्य सुनाउँछन् । नेताहरूस्वेच्छाचारी र घमण्डी भएको, निर्वाचनमा जनता ढोग्ने अरू बेला सबैले टेर्नुपर्ने ठानेकाले नयाँ अनुहार र नयाँ दल र स्वतन्त्र रोजाइमा परेको उनको बुझाइ छ ।
वैकल्पिक राजनीतिको लहर अप्रत्यासित होइन । राजनीतिप्रति तिखा टिप्पणी धेरै अघिदेखि सुरु भएको थियो । जनआन्दोलन–२ पछि मधेसमा नयाँ दल उदाए,धेरैमा आशा पलायो । तर गति लिन सकेन । नयाँ शक्तिका नाममापनि दलकोजन्म भयो तर बिलाए ।
‘हामी बाहेक कोही छैनन्’ भन्ने घमण्डले ठूला दलका ठूला नेता पराजित भएको ठान्छन्,खोटाङका धनसिं राई। ‘संरचनामै सुधार गर्ने भन्ने तर नेता आफैंले जाम गरेर बस्न थालेपछि युवा माथि उठ्न पाएनन् । युवालाई सहज पहुँच नदिएकाले नयाँ दल खुले उनैले जनमत लिए’, उनी थप्छन् ।
यसपटक जनताले गठबन्धनअनुरूप भोट ट्रान्स्फर व्यवहारमा देखिएन । कार्यकर्ता र मतदाताबेगर दलहरू माथि मात्र मिलेर नहुने रहेछ भन्ने पनि मत परिणाम देखिएको उनी बताउँछन् ।
नियोकमार्फत निर्वाचन पर्यवेक्षणमा नुवाकाेटमा खटिएकी समाज कल्याण परिषद् राष्ट्रिय स्वास्थ्य काेषकी पूर्व सभापति गंगा शर्मा भन्छिन नयाँ दल झण्डै तेस्रो शक्ति बन्ने स्थिति छ, मतदातालाइ उही ०६४ सालकै मतदान स्थलमा मतदान गर्नु परेको छ ।
व्यवस्था त परिवर्तन भयो अवस्था उही छ त्यसैले होला निर्वाचनमा मतदातामा उत्साहपनि देखिएन, उनले थपिन् ‘कति खाली र कतिमा नो भोट लेखेको मतपत्रपनि मतदानमा भेटिए ।’ पूराना नेताहरुको देखेर दिक्क भएका मतदाताले नयाँ, युवा जोस् खोजेको देखियो । जनताले औद्योगीक विकास, रोजगारी र आर्थिक विकासमा ध्यान नदिएकोले त्यागी नेता खोजेका हुन ।
युवा विश्लेषक नबराज आचार्य नेताले दुनिया कता जाँदै छ भनेर जानकारी राखेर समय अनुकुल अद्यावधिक हुनुपर्छ भन्छन् । नेता भन्दा युवाहरूकाे साेच धेरै अगाडि पुग्याे । उनी थप्छन् , ‘नयाँ प्रबिधिले दुनियाँ भरका नेता कस्ता हन्छन् भनेर जनताले देखे । हाम्रा गफाडी नेतालाइ दुनियाँकाे नेतासँग तुलना गरेर जनताले हेर्न थाले ।’ उनी सुनाउछन् पत्याउनै नसक्ने भाषण गरेपछि नहार्ने कुरै भएन, यही तरिकाले जनमतकाे आत्मसाथ नगरे बाँकी पाका नेतापनि हार्छन् ।
बाराकी रीना देवकोटा भन्छिन्,‘प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवा र केपी ओली जिताउने जनताले उस्तै अरू नेता हराइदिए । अझै कति त डरले चुनावमा उठेनन् ।’ अहिले सहरी क्षेत्रमा स्वतन्त्रको हुटहुटीले पनि कांग्रेस–एमालेलाई चुनौति दिएको उनको बुझाइ छ । भन्छिन्,‘यसअघिका दिनमा ठूला दलका नेतृत्वको चेत खुलोस् ।’