हेमनाथ खतिवडा । साझाकथा
आम निर्वाचन ०७९ को मत परिणामले लामो समयदेखि सत्तामा रहेका दलहरूप्रति अविश्वास बढेको पुष्टि गरिदिएको छ । मतदातालेवृद्ध अवस्थातिर ढल्किएका नेताहरूलाई आराम गर्ने बाटो खोलिदिएका छन् ।
मत परिणामले नयाँ बाटो पनि खोलिदिएको छ, नयाँ दल र युवा पुस्ताका स्वतन्त्र उम्मेदवारलाई देश विकासको जिम्मेवारी पनि दिएको छ । जसरीपनि सत्तामा पुग्नुपर्ने खेल अन्त्य गर्ने कडी यो आमनिर्वाचन बनेको छ ।
राजनीति विश्लेषक कर्णबहादुर नेपाली विकास र समृद्धिको मुख्य जिम्मेवार ठूला दलहरूनै रहेको बताउँछन् ।‘संसदीय व्यवस्थामा पनि नेताको सोच र कार्यशैलीले आधारभूत वर्ग विपन्न, सामाजिक रूपमापछि परेका समुदायको जीवनमा खास परिवर्तन हुन सकेन’, नेपाली भन्छन्, ‘त्यसैले स्वतन्त्र वा नयाँ दल अगाडि आए । दलहरूको अकर्मण्यताले यो परिस्थिति निम्त्याएको हो ।’
मध्यमवर्ग अहिले प्रविधि प्रयोगमा छन् । मिडियाले दलहरूलेकेही गरेनन् खत्तम छन् भन्ने भास्य बनाइदिएर पनि निर्वाचनको परिणाम विगतभन्दा फरक आएको विश्लेषक नेपालीको भनाइ छ ।
उनी थप्छन्,‘जनताको अवस्था र हैसियतमा परिवर्तन हुने खालका कार्यक्रम बनाउनुपथ्र्यो । नेताको जीवनशैली फेरियो, जनताको फेरिएन ।’जनतामा नजाने नेताले गठबन्धन गर्ने उनको बुझाइ छ ।‘अलग अलग विचारधारा राख्नेबीच सत्तामा जानका लागि गठबन्धन भयो तर मन परेन । त्यसैले कांग्रेसले अरूलाइ भोट हालेनन्’, उनी थप्छन् ।
जाजरकोटकी सुष्मा रोकायालाईअहिलेको मत परिणाम स्वाभाविक लागेको छ । ‘स्थापित दल सत्ता स्वार्थमा लागे । जसरीपनि सत्तामा पुग्ने खेलमा लागे’, उनी भन्छिन्,‘विचारधारा नमिले पनि गठबन्धन गरे यो गतिलो कुरा होइन ।’उनका अनुसार, ठूला दलले नितान्त संसदीय राजनीति गरेकाले नयाँ दलका युवाले छोटो समयमै मतदाताको मन जितेका हुन् ।
दलप्रतिको बितृष्णा बढेपछि नयाँ पुस्ताले विश्वास नगर्नु, उठबस, खानपान फेरिनु, जनताबाट टाढिनेजस्ता कारणले यस्तो परिणाम आएको सुष्मा सुनाउँछिन् । ‘कुरा मात्र बिकाउ गरेर हुँदैन, देशको अवस्थामा परिवर्तन भएन र दलहरू कै लोकतान्त्रिकीकरण भएन । बाँचुञ्जेल कुर्सी नछाडने नेताभएर जनतामा वितृष्णाको ग्राफ उकालिएको हो’, उनी थप्छिन् ।
२०७४ मा वाम गठबन्धनलाई जनताले बहुमत दिएको भए पनिसत्ता ढाल्ने खेल भित्रैबाट खेलिँदा टुटफुट भई सत्ता स्वार्थमा रुमलिएकोमा रिजन पौडेललाई चित्त बुझेको छैन । उनी भन्छन्, ‘कांग्रेस सभापति शेरबहादुर देउवालाई जनताले रोकेकै हो तर गठबन्धनको काकताली परेर प्रधानमन्त्री बने । अविश्वास र दिक्क हुनेहरूले मतदानकै दिन निर्णय गरे कि नयाँ दल र युवा नेता प्रतिनिधि सभामा पुग्नुपर्छ ।’
जाजरकोटकी गंगा विक आमूल परिवर्तन, गरिबी, किसान र भूमिहीनको न्याय र मुक्तिका कुरा गफैमा सीमित भएकाले नयाँ पुस्ता रोज्नुपर्ने भएको बताउँछिन् । ‘नयाँ पुस्ता र दलले आशा देखाए, जनमत सजिलै लिएतर टिक्न भने चुनौति छ’, उनी भन्छिन्,‘अहिले दुवैपक्षलाई काम गर्ने मौका छ । पुराना सुध्रिउन् र नयाँले देशमा राम्रा काम गरेर देखाउन्। नत्र उनीहरू पनि पछारिन्छन् ।’
झापाका विनय दाहाल भन्छन्,‘देशमा मौलाएका अनेकौं बेथिति छन् । त्यसको अन्त्य गर्नुको साटो दलहरूले सत्ता मोह र आफन्तवादमा आफूलाई डुबाए अनि त्यसमै जनतालाई डुबाए । परिणाम नयाँ दल र नयाँ पात्रले मौका पाए ।’