विद्यालयलाइ सेनेटरी प्याड भेण्डिङ मेसिन हस्तान्तरण

साझाकथा संवाददाता

काठमाडौं, मंसिर १२

लायन्स क्लब अफ काठमाडौं क्रियटिभ ईण्टरप्रेनरका चार्टर प्रेसिडेण्ट बरिष्ठ समाजसेवी तथा ब्यबसायी अर्जुन खड्काद्वारा बुढानिलकण्ठ स्थित महांकाल माध्यमिक विद्यालयलाइ मेनुअल सेनेटरी प्याड भेण्डिङ मेसिन तथा सेनेटरी प्याड सहयोग गरेका छन्।

किशोरी छात्राहरुको लागि अति आवश्यक पर्ने उक्त सामग्री हस्तान्तरण गर्न पाउँदा लायन अर्जुन खड्का खुशी लागेको बताउछन्।
अमेरिकाको कनेक्टिकट राज्यमा ब्यापार, ब्यबसाय गर्दै आएका समाजसेवी अर्जुन खड्काले भर्खरै मात्र आधा दर्जन  अनाथ आश्रम, विभिन्न संघ संस्था तथा दुखी पीडित, भूकम्प पीडितलाइ आर्थिक सहयोग गरेका छन्।

लामो समयदेखि अमेरिकामा ब्यवसाय गर्दै आएका खड्काले नेपाल र नेपालीहरुको हरेक सुख दु:खमा साथ दिदै आएका छन् । बाढी पीडित, भूकम्पदेखि कोभिड -काे १९ महामारीको समयमा समेत सामाजिक कार्यमा अग्रणी भूमिका निर्बाह गर्दै पीडित नेपालीहरुको दु:खमा मल्हम भर्ने कार्य गर्दै आएका  स्थानीय बताउछन्  ।

शिक्षाबाट बन्चित धेरै अनाथ बालबालिकाहरुलाई शिक्षाको अवसर प्रदान गर्दै आएका अर्जुन खड्का विभिन्न अनाथ आश्रम, बृद आश्रममा पुगेर आर्थिक, खाद्यन्न तथा दैनिक उपभोग्य सामग्रीहरु वितरण गर्दै आएका छन्। उनि विभिन्न सामाजिक संस्थामा समेत आवद्ध छन्।

सेनेटरी प्याड भेण्डिङ मेसिन सहयोग हस्तान्तरण कार्यक्रममा लायन्स क्लबका प्रथम उपाध्यक्ष लायन बिमाल खड्का, दितिय उपाध्यक्ष लायन ऋषि कडरिया र सचिब लायन प्रजुन खड्काको समेत उपस्थिति रहेको थियो।

उक्त अबसरमा बिद्यालय परिवारले लायन अर्जुन खड्कालाइ धन्यबाद ब्यक्त गरेका थिए भने सामाजिक कार्यमा यसरिनै अघि बढ्न शुभकामना दिएका थिए।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?