वागमती प्रदेशमा समानुपातिकतर्फ राप्रपाले माओवादीलाई उछिन्यो

काठमाडाैं, मंसिर १२

बागमती प्रदेशमा समानुपातिकतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा माओवादी केन्द्रलाई उछिनेको छ । यो प्रदेशमा एमाले पहिलो स्थानमा छ ।

१६ लाख ६ हजार ९७६ मत गणना हुँदा एमालेले ४ लाख ७३ हजार ७६१ मत ल्याएको छ ।

यस्तै, दोस्रोमा नेपाली कांग्रेस रहेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसले ४ लाख ३ हजार ५५४ मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी २ लाख ५२ हजार ७२५ मत ल्याउँदै तेस्रो स्थानमा छ ।

माओवादी केन्द्रले २ लाख २८ हजार ५९२ मत ल्याएको छ । जनता समाजवादी पार्टीले ५४ हजार ८४ र नेकपा एकीकृत समाजवादीले ४७ हजार ८०३ सय मत ल्याएको छ । यो प्रदेशमा नेपाल मजदुर किसान पार्टीले ६४ हजार ९३५ मत ल्याएको छ।

अन्नपूर्ण पोस्ट्बाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?