काठमाडाैं, मंसिर १२
गण्डकी प्रदेशमा समानुपातिकतर्फ नेकपा एमाले पहिलो स्थानमा छ । ९ लाख १८ हजार ८३९ मत गणना हुँदा एमालेले ३ लाख ४० हजार ५३३ मत ल्याएको हो । यस्तै, दोस्रोमा नेपाली कांग्रेस रहेको छ ।
पछिल्लो मतगणना अनुसार कांग्रेसले ३ लाख १७ हजार ५९६ मत ल्याएको छ । माओवादी केन्द्रले १ लाख १५ हजार ३६६ मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ५७ हजार ११६ मत ल्याउँदै चौथो स्थानमा छ ।
नेकपा एकीकृत समाजवादीले १४ हजार ६९७ सय मत ल्याउँदा जनता समाजवादी पार्टीले ५ हजार ६८२ ल्याएको छ । यस्तै, लुम्बिनी प्रदेशमा समानुपातिकतर्फ नेकपा एमाले पहिलो स्थानमा छ ।
१८ लाख ५९ हजार ६२ मत गणना हुँदा एमालेले ५ लाख ६२ हजार २२२ मत ल्याएको छ । यस्तै, दोस्रोमा नेपाली कांग्रेस रहेको छ । पछिल्लो मतगणनाअनुसार कांग्रेसले ४ लाख ९४ हजार १४५ मत ल्याएको छ ।
नेकपा माओवादी केन्द्रले १ लाख ९४ हजार ९५२ मत ल्याएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी १ लाख २५ हजार ९३५ मत ल्याउँदै चौथो स्थानमा छ । नागरिक उन्मुक्ति पार्टीले १ लाख १९ हजार १७५ मत ल्याउँदा नेकपा एकीकृत समाजवादीले ४२ हजार १२८ मत ल्याएको छ ।
यस्तै, जनमत पार्टीले यो प्रदेशमा ८१ हजार ४०६ मत ल्याएको छ ।
अन्नपूर्ण पोस्ट्बाट