धनुषा ४ (२ मा एमालेका हरिनारायण महतो विजयी

धनुषा, मंसिर १३

धनुषा निर्वाचन क्षेत्र नं ४ (२) मा नेकपा (एमाले)का हरिनारायण महतो विजयी हुनुभएको छ ।

नेकपा (समाजवादी)का शत्रुधन महतोलाई पराजित गर्दै प्रदेशसभा सदस्यमा हरिनारायण विजयी हुनुभएको हो। विसं २०६४ देखिका सबै निर्वाचन जित्दै आउनुभएका सत्रुधन यसपटक भने पराजित हुनुभएको छ ।

हरिनारायणले १७ हजार तीन सय दुई मत प्राप्त गर्दा शत्रुधनले १५ हजार नौ सय छ मत प्राप्त गर्नुभयो । मतगणनाको सुरु देखि नै अग्रता बनाउनुभएका हरिनारायण एक हजार ३४२ मतान्तरले विजयी हुनुभएको हो ।

राससबाट

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?