नवराज न्याैपाने’माैन’
उता हार तिम्रो यता जीत छ मेरो
र पनि किन हो मन त्रसित छ मेरो ।
उता हार तिम्राे यता जीत छ मेराे
र पनि किन हाे मन त्रसित छ मेराे ।
माया र माेहकाे संसार याे देख्दा
काेमल याे हृदय चकित छ मेराे ।
छलछाम त मैले जानिन साथी
दु:ख र विरहकाे संगीत छ मेराे ।
सुखमा मात्र पाएथें साथ त्याे
दु:खमा याे मन भयभीत छ मेराे ।
नसाेध साथी हाे हालचाल मेराे
मुटु नै दुखाउने अतीत छ मेराे ।
चुँदी, तनहुँ
तपाईलाई केहि भन्नु छ ?