लघुकथा
युवराज मैनाली
मेरो घरमा सुनचरो आएर झ्यालैमा झ्याप्प बस्यो । अलिकति सुस्ताएर कोठामै पस्यो ।
खाटमा लसक्क बसेर पिचिक्क हग्यो । अहो क्या अनौठो । उसको हगाई पनि सुनैसुन ।
तब म जस्तो अल्छी मान्छे पनि लुसुक्क उठेर बिस्तारै झ्याल ढोका सप्पै बन्द गरेर चरो समाप्त दौडमा कस्सिएँ ।
कति लडियो । चिउँडो खुइलियो । घुँडा खोच्चियो ।
आखिरमा बल्ल सुनचरो समात्दा छ्याङ्ग आँखा खोलियो धत्तेरिका !
बिआरटी खबरबाट
तपाईलाई केहि भन्नु छ ?