काठमाडौं, १६ मंसिर ।
राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष तथा चितवनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछानेको नागरिकताबारे अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरीलाई पत्राचार गरेको छ ।
प्रशासनले प्रहरी परिसर काठमाडौंलाई अनुसन्धान गर्न पत्राचार गरेको हो । लामिछानेले अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता दिने प्रकृया पुरा नगरेको साथै अमेरिकी पासपोर्ट परित्या नगरी नेपाली पासपोर्ट लिएको समाचार सञ्चारमाध्यममा आएका थिए ।
निर्वाचनकै क्रममा लामिछानेविरुद्ध उनको नागरिकता र राहदानीको विषयमा निर्वाचन आयोगमा उजुरीसमेत परेको थियो ।
प्रशासनको पत्र आएपछि अनुसन्धान सुरु गरिएको प्रहरीले जानकारी दिएको छ । नागरिकता र पासपोर्टका सम्बन्धमा लामिछाने दोषी ठहरिए कैद वा जरिवान हुन सक्नेछ ।
दैनिक नेपालबाट
तपाईलाई केहि भन्नु छ ?