३१ औं अन्तर्राष्ट्रिय अपांग दिवस सम्पन्न

🧠 सारांश:
Error: Gemini API response missing text. Check API key, model name, or quota.

रसुवा, मंसिर १७

३१ औं अन्तर्राष्ट्रिय अपांग दिवस सम्पन्न मंसिर १७ गते गाेसाइकुण्ड गाँउपालिकाका उप प्रमुख प्रतिमा तमाङकाे संयाेजकत्वमा ३१ औं अन्तर्राष्ट्रिय अपांग दिवस भव्यताका साथ सम्पन्न भएकाे छ ।

३१ अैा अन्तर्राष्ट्रिय अपांग दिवसकाे मुख्य नारा  “समावेशी विकासकाे लागि रूपान्तरित समाधान: पहुँच युक्त र समातामुलक विश्वकाे लागि ऊर्जावन सृजनशिलताकाे प्रावधान ” थियाे । याे अन्तर्राष्ट्रिय अपांग दिवस कार्यक्रम गाेसाइकुण्ड गाँउपालिका र अपांग पुनःस्थापना केन्द्र रसुवाकाे सहकार्यमा भएकाे हाे  ।

कार्यक्रममा विभिन्न विद्यालयका १० जना अपांग विद्यार्थीहरूलाई प्रेात्साहन स्वरूप स्कुल ब्याक उप प्रमुख प्रतिमा तमाङद्वारा  वितरण गरिएकाे वताईएकाे छ । उक्त  कार्यक्रममा अपांग विद्यार्थीहरूलाई झाेला वितरण गर्दै विद्यार्थीहरूलाई राम्राे संग पढ्न सुझाव दिएकाे थियाे .

परिवर्तनका लागि आफैबाट सुरू गर्नु पर्ने बताउदै अपांगले आफुमा आत्मविस्वास बढाउन मात्र सके अन्य मानिस जस्तै उदाहरणीय कार्य गर्न सक्ने पनि संसारमा धेरै उदाहरणहरू रहेकाे पनि स्मरण गराउनुका साथै कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्नकाे लागि खटिनु भएका सबै कर्मचारी र अपांग पुनःस्थापना केन्द्र रसुवाका सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गरिएकाे थियाे ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?