साझाकथा संवाददाता
रसुवा, मंसिर १८
हाेटल तथा पर्यटन व्यवसायी संघ रसुवाकाे अध्यक्षमा पुन: निशान गजुरेल निर्वाचित भएका छन । शनिवार सदरमुकाम धुन्चेमा सम्पन्न भएकाे संघकाे साधारण सभा तथा कार्य समितिकाे नयाँ कार्य समिति गठनवाट गजुरेल पुन: अध्यक्षमा निर्वाचन भएका हुन् ।
समितिमा ११ जना छन् । उपाध्यक्षमा धनकुमारी तामाङ, सचिव फुर्पुसिङगि तामाङ, सहसचिव विशाल घले, काेषाध्यक्ष बुद्वलक्ष्मी तामाङ रहेका छ्न् । सदस्य छविलाल पाैडेल, सन्ताेष घले, सन्जिव उप्रेती, छेतेन ग्याल्बाे तामाङ, पवित्रा भट्ट, सुनिता तामाङ रहेका छन ।
समितिले पर्यटन प्रर्वदनमा महत्त्वपूर्ण भुमिका खेल्नेमा विश्वस्त रहेकाे नागरिक समाजका रसुवाका अध्यक्ष बावुलाल तामाङले वताउनु भयाे ।
तपाईलाई केहि भन्नु छ ?