साझाकथा संवाददाता
काठमाडाैं, मंसिर १९
हरेक व्यक्तिले अब इन्टरनेटकाे माध्यबाट स्थायी लेखा नम्बर (प्यान) लिन सकिने भएकाे छ । सरकारी वा कुनै निकायबाट तलब भत्ता सुबिधा लिनको लागि बैंकमा खाता र स्थायी लेखा नम्बर (प्यान) अनिवार्य गरेको छ ।
अर्थात: अब कमाइ गर्ने हरेकले सरकारले दिने स्थायी लेखा नम्बर (प्यान) लिन पर्ने हुन्छ । स्थायी लेखा नम्बर (प्यान) लाई अनिवार्य गरेपछी यो स्थायी लेखा नम्बर कसरी निकाल्ने दुबिधा लाई हामी निराकर गर्न खोज्नेछौं ।
नेपाली नागरिकको हकमा पासपोर्ट साइजको फोटो र नागरिकताको अगाडि तथा पछाडिको Scan गरेर फाइल सुरक्षित गर्नुहोस । गैर नेपाली नागरिकको हकमा पासपोर्ट साइजको फोटो, निज कार्यरत रहेको कार्यालयको सिफारिस, विदेशी भनी प्रमाणित गराउने प्रमाणित कागजात संलग्न राखी Scan गरेर फाइल सुरक्षित गर्नुहोस ।
एसीटि नेपालका अनुसार स्थायी लेखा नम्बर पान नं अनलाइनबाट एप्लाइ गर्न निम्न तरिका छन् :
अनलाइनबाट कसरी स्थायी लेखा नम्बर (प्यान) लिने ?
- सर्व प्रथम आन्तरिक राजस्व विभागको वेभसाइट www.ird.gov.np मा जानुहोस्
- www.ird.gov.np को होम पेजमा Taxpayer मा क्लिक गर्नुहोस र Registration मा क्लिक गर्नुहोस । त्यसपछि Application For Registration मा क्लिक गरी नाम थर भएको बक्समा आफ्नो नाम र थर लेखेर भर्नुहोस् ।
- User Name मा आफूले सम्झिन सजिलो हुने नाम राख्नुहोस् अनि Password हाल्नुहोस् र फेरि अर्को बक्स Re password मा राख्नुहोस् । आफ्नो सम्पर्क नम्बर र Email ठेगाना राख्नुहोस् । कुन कार्यालयबाट प्यान नम्बर लिने हो सो ठेगाना IRO नम्बरमा खुलाउनुहोस् । त्यसपछि Ok बटनमा थिच्नुहोस् ।
- अब तपाइको व्यक्तिगत विवरण माग्छ । सो अनुसार आफ्नो सम्पूर्ण विवरण भर्नुहोस् र Submit गर्नुहोस ।
- Submit भएपछि Print थिचेर त्यसलाई प्रिन्ट गर्नुहोस् ।
- उक्त प्रिन्ट कपि लिएर सम्बन्धित राजश्व कार्यालयमा जानुहोस् ।
- राजश्व कार्यालयले तपाईंलाई विवरण जाँच गरेर Pan कार्ड दिनेछ ।