सम्पादकीय कैँची लगाउने प्रयास

विचार

“नेपालमा सङ्ख्यात्मक रूपमा मिडियाको विकास भए पनि पत्रकार तथा पत्रकारिताका विज्ञको कलममाथि सम्पादकीय कैँची लगाउने प्रयास गरेका छैनौँ,” पत्रकारिता क्षेत्रसँग प्रत्यक्ष सरोकार राख्ने सरकारी निकायले २०७८/२०७९ माघ–वैशाख अङ्कमा निकालेको ‘पत्रकारिता विशेषाङ्क’को सम्पादकीय अंश हो यो ।

यस वाक्यले सम्पादनकर्मीको कर्म, मर्म र धर्ममाथि नै चोटिलो प्रहार गरेको छ । पत्रकारिता क्षेत्रसँगै प्रत्यक्ष सम्बन्धित संस्थाको सम्पादकीय अंश भएकाले यो भनाइ आपत्तिजनक पनि छ । उल्लिखित वाक्यले दिएको प्रत्यक्ष–परोक्ष सन्देश हो– नेपालका पत्रकार सम्पादक जथाभावी कैँची चलाउँछन्, हामीले त्यसो गरेका छैनौँ ।

सम्पादन गर्नु भनेको कैँची चलाउनु मात्र होइन । अझ ‘जथाभावी कैँची’ चलाउनु त फिटिक्कै होइन । सम्पादन गर्नु र कैँची चलाउनु नितान्त फरक कर्म हुन् । असल सम्पादकले जथाभावी कैँची त के कलम पनि धेरै कुरा सोचेर, बुझेर र अनुभवसिद्ध भएर मात्र चलाउँछ । ज्ञान र सीप प्रयोग गरी भाषा, भाव र तथ्यको सङ्गमलाई जीवन्त र अर्थपूर्ण रूप प्रदान गर्छ ।

अन्य कुनै उपाय गरेर हुन्छ, उपलब्ध सामग्रीलाई सच्याउने, तथ्य परीक्षण गर्ने, केही हदसम्म पुनर्लेखन गर्ने कामसमेत सम्पादकले गर्छ, गर्नुपर्छ ।

पत्रकारितामा यही हुन्छ । उसले भाषा, विचार तथा अभिव्यक्तिको स्पष्टताजस्ता पक्षमा गम्भीर ध्यान दिन्छ । अव्यवस्थित रूपमा लेखिएको सामग्री छ भने त्यसलाई व्यवस्थित बनाउँछ । कतै बढी गाँठागुठी परेको र बोसो लागेको रहेछ भने त्यसलाई काट्ने मात्र होइन, खुर्कने कामसमेत गर्छ । कतै घाउचोटको दाग रहेछ भने ‘प्लास्टिक सर्जरी’ गरी सुन्दर बनाउने काम पनि गर्छ ।

सम्पादनकर्मीबीच एउटा भनाइ केही दशकअघिसम्म प्रचलित थियो, “ह्वेयर इन डाउट, लिभ इट आउट !” शङ्का लाग्छ भने यसलाई छाडिहाल ! यसको अर्थ कुनै कुरामा शङ्का लाग्नासाथ सामग्रीलाई ‘डस्टबिन’मा फालिहाल वा ‘रिसाइल बिन’ वा ‘ट्र्यास’मै पठाइहाल भनेको चाहिँ होइन ।

सामग्री उपयोगी र समसामयिक रहेछ भने लेखकसँग सम्पर्क राखेर हुन्छ कि सन्दर्भ सामग्री हेरेर हुन्छ वा अन्य कुनै उपाय गरेर हुन्छ, उपलब्ध सामग्रीलाई सच्याउने, तथ्य परीक्षण गर्ने, केही हदसम्म पुनर्लेखन गर्ने कामसमेत सम्पादकले गर्छ, गर्नुपर्छ ।

सम्पूर्ण पाठ्यसामग्री वा पाठ्यसामग्रीको कुनै अंशप्रति शङ्का लागेमा त्यस्तो शङ्कालाई निमिट्यान्न पारेर सही कुरा मात्र सम्प्रेषण गर्ने दायित्वबाट सम्पादकले पन्छन मिल्दैन, पाउँदैन । आजको सम्पादकका सामु त्यो दायित्व, त्यो जिम्मेवारी अझ गहन रूपमा थपिएको छ ।

हो, ‘डेडलाइन’का कारण कुनै कुनै बेला त्यो सम्भव नै हुँदैन । म्याद नगुज्रने सामग्री परेछ भने सुरक्षित राखिएला अन्यथा ‘डस्टबिन’मा फ्याँक्नु वा ‘डिलिट’ गर्नुको विकल्प बाँकी रहँदैन । यसो भनेर प्रकाशित÷प्रसारित सामग्रीमा रहेका त्रुटिको दोषबाट उम्कन ‘सम्पादकीय कैँची लगाउने प्रयास’ नगरेको घोषणा गर्नु अकर्मण्यताप्रति पनि गर्व गर्नुजस्तै हो ।

पत्रकारितामा सम्पादन कार्यसँग सरोकार राख्ने विभिन्न पक्ष हुन्छन् । तिनको विशद चर्चा यहाँ सम्भव छैन । यतिचाहिँ प्रस्ट हुनैपर्छ, समाचार, लेख तथा सम्पादकीय विधाका लागि गरिने सम्पादन एकै तह र प्रकारको हुँदैन तर सम्पादनसँग गाँसिएका केही निश्चित पूर्वसर्त छन् । ती पूर्वसर्त सबै सम्पादकका लागि साझा हुन्छन् ।

कुनै पनि जिम्मेवार सम्पादकले तिनको पालना गरिरहेकै हुन्छ । यसैले त संसारभरि नै पत्रकारिताको साख जोगाउने जिम्मेवार वर्गमा पर्छ सम्पादक ।

पत्रकारिताका सन्दर्भमा यसले समाचार, लेख आदिको छनोट, क्रम निर्धारण, प्रकाशनका लागि उपयुक्त बनाउन आवश्यक संशोधन, परिमार्जन, थपघटलगायत अन्य आवश्यक कार्यलाई जनाउँछ ।

सत्यता, सन्तुलन र विश्वसनीयता पत्रकारिताका मूलाधार हुन् । कुनै पनि पत्रकार–सम्पादकले पत्रकारिताको मूलाधारको जगमा बसेर नै सम्पादन कार्यलाई अगाडि बढाउँछ । सम्पादनको शाब्दिक अर्थ हो– कुनै काम पूरा गर्ने वा सम्पन्न गर्ने । पत्रकारिताका सन्दर्भमा यसले समाचार, लेख आदिको छनोट, क्रम निर्धारण, प्रकाशनका लागि उपयुक्त बनाउन आवश्यक संशोधन, परिमार्जन, थपघटलगायत अन्य आवश्यक कार्यलाई जनाउँछ ।

प्रकाशनको प्रकृति हेरी आवश्यक रहेछ भने व्याख्या, टिप्पणी गर्ने काम पनि सम्पादकबाट हुन्छ । यसो गर्दा उसले सत्यता, सन्तुलन र विश्वसनीयतालाई ध्यानमा राखेर आफ्नो कर्म गरिरहेको हुन्छ; ‘कैँची’ चलाइरहेको हुँदैन ।

सही तथ्य–तथ्याङ्कसहित विचार दिनु लेखकको दायित्व हो तर तथ्य–तथ्याङ्क सही नै छन् भन्ने कुरामा जिम्मेवार सम्पादक जहिले पनि आश्वस्त हुन चाहन्छ । आवश्यकता महसुस भए छड्के जाँच गर्छ । गलत भए सच्याउँछ ।

भाषिक शुद्धतामा ध्यान दिन्छ । व्यक्ति, स्थान, कार्यालय आदिको नामको हिज्जे सही होस् भनी सावधानी अपनाउँछ । सामग्रीमा विसङ्गति देखिए त्यसलाई सङ्गतिपूर्ण बनाउँछ । प्रकाशन गृहको आफ्नो शैली पुस्तक भए त्यसको अनुसरण गर्छ ।

कतै पत्रकार आचारसंहिता उल्लङ्घन त भएको छैन भन्नेमा सतर्क रहन्छ । कसैको व्यक्तिगत गोपनीयतामा अतिक्रमण त भएको छैन भन्नेमा सचेत रहन्छ । कसैको गालीबेइज्जती त भएको छैन भन्नेमा होस पु¥याउँछ ।

पत्रकारिताको मूल्य–मान्यताप्रतिकै निरादर हो । यस्तो अभ्यासले मिथ्या सूचना तथा दुष्प्रचारको प्रवाहलाई मलजल गर्ने काम गर्छ । जिम्मेवार पत्रकार–सम्पादकले मिथ्या सूचना तथा दुष्प्रचारलाई बढावा दिने काम गर्न सक्दैन, गर्दैन ।

बौद्धिक चोरी त भएको छैन भन्नेमा सम्भव भएसम्म चनाखो रहन्छ । प्रकाशन समय र प्रकाशनका लागि उपलब्ध स्थानप्रति संवेदनशील रहन्छ । हो, त्यस्तो स्थितिमा काबुबाहिरको परिस्थिति रहेछ भने कुनै लेख/सामग्री सिङ्गै वा त्यसको कुनै अंश ‘शहीद’ हुन सक्छ ।

“सम्पादकीय कैँची लगाउने प्रयास गरेका छैनौँ” भनेर ज्ञात वा अज्ञाततामा पाठकलाई गलत तथ्य–तथ्याङ्क पस्कनु सही अभ्यास होइन । यस्तो अभ्यास त पत्रकारिताको मूल्य–मान्यताप्रतिकै निरादर हो । यस्तो अभ्यासले मिथ्या सूचना तथा दुष्प्रचारको प्रवाहलाई मलजल गर्ने काम गर्छ । जिम्मेवार पत्रकार–सम्पादकले मिथ्या सूचना तथा दुष्प्रचारलाई बढावा दिने काम गर्न सक्दैन, गर्दैन ।

यो आममान्यता हो । जिम्मेवार सम्पादकले सधैँ सामग्रीको वैधता, नैतिकता र उपयुक्ततालाई सर्वाेच्च महìव दिन्छ । संविधान, ऐन, कानुन, नियम, स्वीकार्य मूल्य–मान्यताको सम्मान गर्छ । प्रेस स्वतन्त्रताको नाममा हुन सक्ने अराजक स्वच्छन्दता रोक्छ ।

‘पत्रकारिता विशेषाङ्क’मा समाविष्ट लेखको तथ्य–तथ्याङ्कमा मिहिन ढङ्गले केस्रा–केस्रा केलाउने काम पङ्क्तिकारले गरेको छैन तर सर्सर्ती पढ्दा देखिएका एक दर्जनभन्दा बढी तथ्यगत गल्ती भने आँखालाई बिझाउने मात्र होइन, मन–मथिङ्गललाई नै रन्थन्याउने खालका पनि छन् ।

एक ठाउँमा एउटा तथ्य प्रस्तुत गरिएको छ भने अर्को ठाउँमा अर्कै । यस्ता कुरामा समेत सम्पादकीय दृष्टि पुगेको देखिँदैन । केही केही गल्ती त टङ्कण दोषका कारण पनि भएका होलान् तर कतिपय गल्ती लापर्बाही र अज्ञानबाट सिर्जित गल्ती नै हुन् भन्नलाई हिचकिचाउनु पर्दैन ।

आधिकारिक संस्थाबाट प्रकाशित सामग्रीका तथ्य–तथ्याङ्कहरू भविष्यमा सन्दर्भ सामग्रीका रूपमा प्रयोग हुन सक्छन्, भएका छन् । यस्तोमा गलत जानकारी वा तथ्याङ्क उद्धृत भएर मिथ्या सूचना प्रवाह गरेको दोषभागी हुने डर रहिरहन्छ ।

प्रकाशित सामग्रीमा देखिएका गल्तीलाई लिएर ‘लेखमा समाविष्ट भावना र विचार लेखक स्वयंका निजी हुन्’ भनेर सम्पादक पन्छिन सक्दैन, मिल्दैन । विचार निजी हुन सक्छ तर तथ्य–तथ्याङ्कमा गरिएको गल्तीलाई सम्पादकले सच्याउन सक्नुपर्छ । ‘निजी विचार’को पुँजीमा तथ्य–तथ्याङ्कको भार जोडिँदैन ।

यस्ता गल्ती हुन नदिने दायित्व तथा जिम्मेवारी सम्पादकको हुन्छ । सम्पादकीयमा ‘आदरणीय लेखक विज्ञको विचार, धारणा र तर्कलाई यथावत् राखिएको’ भनेर ‘पानीमाथिको ओभानो’ हुने छुट सम्पादकलाई छैन, हुँदैन । यसबाट पत्रकार जगत्कै हुर्मत लिने काम हुन गएको छ ।

पत्रकारिता क्षेत्रका नियामक निकायमध्ये एकको प्रकाशनमा यस्तो गल्ती देखिएकाले पङ्क्तिकार यति लेख्न बाध्य भएको हो । आधिकारिक संस्थाबाट प्रकाशित सामग्रीका तथ्य–तथ्याङ्कहरू भविष्यमा सन्दर्भ सामग्रीका रूपमा प्रयोग हुन सक्छन्, भएका छन् । यस्तोमा गलत जानकारी वा तथ्याङ्क उद्धृत भएर मिथ्या सूचना प्रवाह गरेको दोषभागी हुने डर रहिरहन्छ ।

आधा शताब्दीभन्दा बढीको प्रकाशन अनुभव भएको पत्रिकाका लागि यो कुनै पनि हालतमा सुहाउँदो कुरा होइन । त्यसो त “नेपालको पत्रकारिताबारे सानै भए पनि यो प्रकाशनमार्फत हामीले गरेको योगदानको पाठकले मूल्याङ्कन गर्नुहुने नै छ” भनेर सम्पादकीय टुङ्ग्याइएको छ तर सम्पादनको नराम्रो दृष्टान्त प्रस्तुत गरेर कस्तो मूल्याङ्कनको अपेक्षा गरिएको हो ? विचारणीय छ ।

गाेरखापत्रबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?