साझाकथा संवाददाता
रसुवा, मंसिर २०
कालिका गाउँपालिका-२ काे घुम्ती बजारमा रहेकाे ग्लोबल आइएमइ बैंककाे शाखाले एटिएम सेवा सुरू गरेकाे छ ।
कालिकास्थान र घुम्ती बजारमा कुनैपनि बैंककाे एटिएम सेवा थिएन । यत्राे बजारमा हालसम्म नभएकाे एटिएम सेवा सुरू भएपछि दैनिक बैकिङ्ग काराेवारमा सहज हुने स्थानीय ग्राहकहरूले बताएका छन् । ढिलै भएपिन एटिएम सेवा पाउनु राम्राे कुरा हाे, उत्तरगया गाउँपालिका ४ का बद्री आचार्यले भने, ‘अब एटिएमबाट सरर रकम निकाल्न पाइने भाे ।’
कालिका गाउँपालिका अध्यक्ष हरिकृष्ण देवकाेटाले मंगलबार रिवन काटेर सेवाकाे उद्घाटन गरे । उनले एटिएम प्रयाेग गरेर पहिलाे काराेवार समेत गरे । ग्लोबल आइएमइ बैंकलेको २७१ औं शाखाकाे रूपमा कालिकास्थानमा एटिएम सेवाकाे सुरूवात भएकाे ग्लोबल आइएमइ बैंक शाखा प्रमुख राेकेश शर्माले बताए । कालिकास्थान क्षेत्रमा ग्लोबल आइएमइ, राष्ट्रिय बाणिज्य, लुम्बिनी विकस, प्राइम बैंक र आइसिएफसी फाइनान्सका शाखा छन् ।