रसुवाकाे दुधकुण्ड पुगेका स्वदेशी पर्यटक तस्वीर : हेमनाथ खतिवडा
कमलादेवी गाैतम /साझाकथा
मंसिर २१
नेपालमा विदेशी पर्यटक लोभ्याउने धेरै आकर्षक स्थान छन् । हिमाली दृष्य हेरेर रमाउन धेरै विदेशी यहाँ आउछन् । स्वदेशी तथा विदेशी पर्यटक लक्षित होटल लज तथा हो-मस्टेका नाममा पर्यटन व्यवसायमा ठूलाे लगानी छ । हिमाल, हरियाली, नदि, झरना, जैविक विविधतालगायतका प्रकृतिका देनसँग रमाउन धेरै विदेशी र स्वदेशी पर्यटक आउछन् । यसबाट व्यवसायीको आम्दानी नियमित बढ्दै गएको छ ।
कोभिड–१९ पछि आर्थिक मन्दी लागेको पर्यटन व्यवसायमा अहिले उठ्न लागेको आमाछोदिङ्मो गाउँपालिका–३ गत्लाङकी होमस्टे सञ्चालक सार्की तामाङले सुनाइन् । उनी भन्छिन् ‘१३ वर्षदेखि होटल व्यवसायमा लागेकी छु, गत्लाङ गाउँभरीमै सफल व्यावसायीको रुपमा आफुलाई उभ्याएकी छु ।’
कोभिड-१९पछि पर्यटक आउन थालेका छन् जसबाटआम्दानी बढ्दै छ उनी भन्छिन ‘महिलाहरू आर्थिक रुपमा आफैं बलियो हुनुपर्छ’ भन्ने आफ्नै मान्यताले गाउँमा उनलाई यो पेशा सुरु गर्न प्रेरित ग¥यो होमस्टेमा स्वदेशी तथा विदेशी पाहुनाहरू आउछन् । यसैबाट चारजना छोराछोरी छन् उनीहरुको पढाइ, घर खर्च अहिलेसम्म होमस्टे थानेको उनी सुनाउछिन् ।
कोभिड–१९ का कारण सुस्ताएको पर्यटन व्यवसाय अहिले फस्टाउन थालेको छ । आन्तरिक था बाह्य घुमन्ते पर्यटक आउने क्रम बढेको लाङटाङका ग्याल्बु लामा सुनाउछन् । दैनिक रुपमा यहाँ आउने विदेशी तथा स्वदेशी पर्यटक बढेपछि पर्यटन व्यवसायी मख्ख परेको बताउछन् । उनले थपे, ‘यहाँ मुख्य गरी रैथाने भेषभूषा, पदयात्रा र दृष्यावलोकनका लागि विदेशी तथा स्वदेशी पर्यटक आउछन् ।’
पर्यटन व्यवसायबाट लाखौं कमाउने गरेको तर कोरोना भाइरसको संक्रमणपछि डुब्ने चन्तिा लागेको सल्लेरीका झाङबु शेर्पा सुनाउछन् । अब त गुणस्तरीय पर्यटक भित्र्याउनुका साथै बसाइँ लम्ब्याउने उद्देश्यले सरकारले सन् २०१८ लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने समाचार सुनेर उत्साही भएकाे उनी सुनाउछन् ।
सामुदायिक वनको १२ लाख रुपैयाँ सहयोगमा तनहुँको म्यादे गाउँपालिकामा वनभित्र उद्यम सहित ट्रि हाउसले निकै चर्चा कामएको छ । पृथ्वीराजमार्गबाट २ सय मिटर दुरीमा पर्यटन उद्यम सहित रुखमा घर बनाएपछि त्यहाँ पर्यटक आउन थालेका छन् । त्यहाँ ढुङ्गालाइ सिंगारेर आकर्षक उद्यान बनाइएको छ । त्यहाँको अग्लो ढुङ्गा हेर्न गतवर्ष मात्र १७ हजार पर्यटक त्यहाँ पुगेका थिए ।
जंगलमा खेर गएको ढुङ्गो सिंगारेर यस्तो चिटिक्क होला जस्तो कहिल्यै लागेको थिएन स्थानीय श्री बहादुर राना सुनाउछन् । ‘२ वर्ष अघि जंगललाइ व्यवस्थापन गरेर उद्यान बनाएको यस्तो राम्रो होला भनेर सोचेकै थिएन’ उनी थप्छन् ।
जिवित रुखलाइ भित्रपारेर काठको घर निर्माण गरेपछि त्यहाँ ७/८ जना चढेर दृष्यावलोकन गर्न मिल्छ । त्यहाँ पुगेका रक्षा श्रेष्ठ भन्छिन् ‘रुखलाइ कलात्मक तवरले बेरेर घर निर्माण गरेकाे रहेछ, त्यहाँ चढेर हिमाल र हरियाली दृष्य हेर्न निकै मजा हुने रहेछ यसले धेरै आन्तारिक पर्यटक तानेको छ ।’ अझै ठाउँ ठाउँमा रैथाने खानाका परिकार र होमस्टेपनि जोडन उनी सुझाव दिदै उनी भन्छिन् ‘पर्यटका लागि थप व्यवस्थापन गरेर बसाइ लम्ब्याउन सकिन्छ ।’
तनहुँ व्यास नगरपालिका स्थित मानुकोटमा मौसमी सूर्योदय र कुहिरोको दृष्य हेर्न आउने गरेको स्थानीय घनश्याम शर्मा भन्छन् कुहिरो र सूर्योदय हेर्न मानुकोटडाँडामा सयौं पर्यटक आउछन् । यसबाट मौसममा मनग्य आम्दानी हुन्छ ।
ढाका र करुवाले पहिचान बनाएको पाल्पामा अहिले साहसिक पर्यटन पनि विस्तार भएको छ । पाल्पाको तानसेन ढाका र करुवाले परिचय बनाएको अहिले साहसिक पर्यटव विस्तार भएको छ ।
यहाँ प्याराग्लाइडिङ, जीपलाईन, र जलयात्रा सञ्चालन भएपछि पर्यटन प्रर्वदनमा धेरै टेवा पुगेको स्थानीय बदराम शर्मा सुनाउछन् । रानी महल भ्रमण गरेर कालीगण्डकीमा ¥याफ्टङको मजा लिएर रमाउने धेरै पर्यटक आउन थालेका छन् उनी थप्छन् ।
प्रकृतिकाे संरक्षणामा नयाँ पर्यटकीय क्षेत्रकाे पहिचान गरी पदयात्रा मार्ग निर्माण गर्न आवश्यक छ । धेरै ठाउँमा बाटाे तथा पूर्वाधार विकास गर्न तहगतकाे सरकारले प्रथमिकताका साथ लाग्नुपर्छ ।
पर्यटन प्रवर्दन गरेर नेपालकै आम्दानी बढाउन सकिन्छ । यसका लागि रैथाने कला, संस्कृति र प्रकृतिको संरक्षण तथा ओझोलमा परेका सम्पदाहरूको प्रचार गर्न पनिआवश्यक छ ।