विवाह बन्धनमा बाँधिए लोकदोहोरी गायक छत्र शाही र काजल जोशी

२०७९ मंसिर २४, शनिबार
काठमाडौं , मंसिर २४

चर्चित लोकदोहोरी गायक छत्र शाही र गायिका काजल जोशीले बिवाह गरेका छन् ।

लोकदोहारीमा चर्चित यो जोडीले शुक्रबार बिहान गुह्येश्वरी मन्दिरमा धार्मिक विधिअनुसार विवाह गरेका हुन् । २०७८ सालमै जुम्लामा सामाजिक विवाह भए पनि सिन्दूर हाल्ने विधि चाहिं शुक्रबार पूरा भएको हो ।

टेलिभिजन कार्यक्रम ‘इन्द्रेणी’बाट छत्र र काजल चर्चित छन् । कैलालीकी काजल र जुम्लाका छत्र लामो समयदेखि प्रेम सम्बन्धमा थिए ।

रङ नेपालबाट

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?