हेमनाथ खतिवडा
रसुवा, मंंसिर २५
रसुवा जिल्ला पर्यटकीय क्षेत्रका रूपमा चिनिन्छ । यहाँ लाङटाङ, गाेसाइकुण्डलगायत १०८ वटा कुण्डहरू र हिमाली दृष्यहरू रहेका छन् । यहाँकाे जैविक विविधता, साँस्कृतिक विविधता बेग्लै राैनकता दिन्छ । यहाँ केही चर्चा बाहिर रहेका स्थान पनि छन् । स्थानीय सरकारकाे प्राथमिकतामा नपरेकाे र प्रचार प्रसार अभावले ओझेलमा परेका छन ।
नाैकुण्ड गाउँपालिकामा रहेकाे जुरेढुङ्गा, विजुली ढुङ्गा, सात धारे हिमाल त्यस्तै चर्चामा नपरेकाे स्थान हाे । नौकुन्ड गाउँपालिकामा धेरै चर्चित धार्मिक पर्यटकीय स्थल रहेर पनि ओझेलमा परेका छन् । जुरेढुङ्गालाइ तामाङहरूले स्थानीय भाषामा सिप्पा भन्ने गर्दछन् । सिप्पालाइ भू-उपग्रहको एक अंशको रुपमा बुझ्ने गरिन्छ । सिप्पा अर्थात जुरेढुङ्गा नजिकैकाे बिजुली ढुङ्गाले मन नपराएको दुलहा पनि भनिन्छ । सिप्पाको दुई दाजुभाइ सिप्पा जेठो र सिप्पा कान्छासँगै रहेको छ।
यो क्षेत्र लाङटाङ राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र पर्दछ। जुरेढुङ्गा समुन्द्री सतहदेखि करिब २९८० मिटर उचाइमा रहेकाे छ । अग्लो स्थानमा रहेको हुनाले यहाँबाट धेरै ठाउँ देखिन्छ। याे स्थानबाट रसुवाको प्राय: भाग जस्तै नौकुण्डका प्राय: बस्ती, कालिकास्थानबजार, नुवाकाेटाकाे धेरै बस्तीहरू देखिन्छन । प्रचार अभाव र लगानी नभएकाेले धेरै सम्भावना रहेपनि यहाँका धेरै स्थानओझेलमा परेकाे स्थानीय सुरेश तामाङ सुनाउछन् । ‘प्राकृतिक रूपमा धेरै सम्भावना भएपनि सरकारी उपेक्षालेपछि परेकाे हाे ।’ उनी थप्छन्
यहाँबाट नुवाकोटको सात तले दरबार, बट्टार, त्रिशूली बजार, ककनीडाँडा देखिन्छ । ०७२ काे भूकम्पले नभत्किदा काठमाडौको धराहर र शहरका घरहरू, लाङटाङ हिमाल, गणेश हिमाल, लाैरीविनायक, गोसाइँकुण्डको पुर्वी भाग, थुमनको नागथली, सातधारे हिमाल, नौकुण्ड तालको केही भाग, गतलाङ गोल्जुङको पश्चिमी डाँडा उत्तरगया उतरी डाँडालगायतका विभिन्न चर्चित स्थानको दृश्य अवलोकन गर्न सकिने पर्यटन क्षेत्रमा लागेका स्थानीय युवा सज्जन घले सुनाउछन् हामी धेरै पटक जुरेढुङ्गा र विजुलीढुङ्गा चढेर रमाइलाे हेर्ने गर्थ्याै कहिले त विदेशी पनि यहाँ हेरेर फर्कन्छन् ।
पर्यटन क्षेत्रका अनुभवी घले भन्छन् ‘जुरेढुङ्गबाट गाेसाइकुण्ड-नाैकुण्ड पदयात्रा मार्गमा पिउने पानीकाे समस्या छ ।’ बाटो, पिउने पानी, बास बस्ने ठाउँ जस्ता आधारभूत कुराको विकास गनुपर्छ उनी सुनाउछन् ।
ढुङ्गाको छेउमा अन्दाजी ६० मिटर जति गहिरो लामो सुरुङ रहेको छ भने उक्त सुरुङ भित्र पानीको मुहान पनि रहेको छ । जुरेढुङ्गा एक धार्मिक स्थलको रुपमा रहिआएको हुँदा माथी चुच्चोमा जो कोही मानिस जान नमिल्ने र त्यहा पुगेपछि अश्लील शब्द बेलेमा वा गलत क्रियाकलाप गरेमा असिना पानी, हुरिबतास, गाउमा रोगब्याधी र माहामारी फैलिने जस्ता जन विश्वास कायम रहिआएको छ।
जुरेढ्रङ्गा र विजुली ढुङ्गा क्षाेत्रमा कालिका हिमालय क्याम्पसका विद्यार्थीहरू हाइकिङ र पिकिनक जाने गरेका छन् । निकै अग्लाे स्थान भएकाेले यहाँबाट धेरै टाढाकाे रमणीय स्थल देखिने भएकाेले घुमघामकाे लागि धेरै सम्भावना रहेकाे कालिका हिमालय माविका शिक्षक विष्णु न्याैपाने बताउँछन् । उनी भन्छन् पूर्वाधार विकास गरे माैसममा यहाँ धेरै विदेशी तथा स्थानीय पर्यटक भित्रिने सम्भावना छ ।
जुरेढुङ्गाहुँदै नौकुन्ड गोसाइँकुण्ड जाने पदमार्ग पनि सन्चालनमा छ । यस ढुङ्गाको पूर्बपट्टि नझले खर्क रहेको छ भने उक्त खर्कमा चौरी गोठहरू हुन्छन् । नझले भनेको एउटा घाँसको बोटको नाम हो सोही घाँसको नाम अनुसार नझले खर्कको नामाकरण हुन पुगेको हो। त्यो भन्दा माथी मूलखर्क, लामाखर्क जस्ता थुप्रै रमाइलाे खर्कहरू रहेको छ।
जुरेढुङ्गामा रहेको ओढारबाट विजुली ढुङ्गाबाट जस्तै तामाको भाडाकुडाहरू बिबाह, ब्रतबन्धका लागि दिने गरेको जन विश्वास रहेकाे छ । एक एकल(बिधवा) महिलाले भाडाकुडा प्रयोग पश्चात् सफा गरेर एकदिनमै दिनुपर्नेमा आफ्नै घरमा राखेर फिर्ता गरेकोले सिप्पा देवता रिसाएर पछिल्लो समयमा भाडाकुडा नदिएको भन्ने स्थानीयको भनाइ रहेको छ।
प्राकृतिक सौन्दर्यताले भरिएको अग्लो स्थानमा रहेको यस जुरेढुङ्गा हेर्न आन्तरिक पर्यटकहरू विभिन्न समयमा घुम्न र बनभोज कार्यक्रमको लागि आउने गरेको छन्। विशेषगरि नौकुण्ड ,कालिका र उत्तरगया साथै गोसाइँकुण्ड गाउँपालिकाबाट समेत जुरेढुङ्गाको दर्शन अर्थात रमाइलो दृश्य अवलोकन गर्न आउने गरेको छन्।
‘यस क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा बिस्तार गर्न सकियो भने नौकुण्ड मात्रै नभई क्षेत्रकै जिल्लाकै पहिचान दिलाउन सकिन्छ’ स्थानीय मेन लामा भन्छन् ।
याे क्षेत्र हुँदै गोसाइँकुण्ड पदमार्गको रुट पनि हो । यस क्षेत्रमा आउनलाइ बेत्रवतीबाट भोर्लेहुँदै लाङ्बु, लुम्बुडाडा हुँदै पनि जान सकिन्छ भने कालिकास्थानबाट स्याउबारी लोकिल सडकहुँदै पनि पुग्न सकिन्छ । यस क्षेत्रबाट गोसाइँकुण्ड जाने रुट पनि अत्यन्तै छोटो पर्ने भएको हुँदा रसुवाको दक्षिणी भेग नुवाकोटको केही गाउका तिर्थालुहरू भक्तजनहरू यहि मार्ग हुँदै आउने जाने गर्दछन् ।
लामा थप्छन् ‘यहाँ चैत/बैशाख महिनामा थुप्रै थरिको लालीगुराँसहरू फुल्छन ।राष्ट्रिय फुल लालीगुराँस पाराखीहरूको लागि यो अति उत्तम गन्तव्य हो ।’ यहाँबाट माथी २ घन्टा जति हिंडेपछि लाबुङ भन्ने ठाँउ पुगिन्छ त्यहाबाट थुप्रै हिमालहरूको दृश्य अवलोकन गर्न सकिन्छ ।
यस क्षेत्रलाइ आन्तरिक तथा बाह्य पर्यटन बढाउनका लागि पूर्बाधार सहितको विकास तथा ब्यवस्थापन निकै आवश्यक रहेको देखिन्छ । यहा पदमार्ग ब्यवस्थित छैन, पर्यटकहरू बिचबिचमा खाने बस्ने हाेटल, लज खुलेका छैनन् । त्यसको लागि नेपाल सरकार, स्थानीय सरकार, पर्यटन बोर्ड, पर्यटनसँग सम्बन्धित संघ सस्थाहरुले एकीकृत गुरुयोजना बनाएर पूर्वाधर सहितको ब्यवस्थापन गर्ने हो भने हामीले सोचेभन्दा बढी पर्यटक भित्र्याउन सकिने स्थानीय युवा सागर तामाङ सुनाउछन् ।
नौकुण्ड गाउँपालिका र रसुवा जिल्लाकै पर्यटन ब्यवसायीहरू बढ्दो संख्यामा रहेको हुँदा पर्यटक ल्याउनमा थप सहज हुने देखिन्छ। नौकुन्ड र कालिका गाउपालिका मिलेर नौकुण्ड ५, ६ र १ नं वडा र कालिकाको २ र ५ वडाको नागरिकको जीवन स्तर बृद्दि गर्नु पर्ने स्थानीय बुद्धि तामाङ सुनाउछन् । केही ठाउँमा होमस्टे खाेलेर उत्पादिनका परिकारका अर्गानिक खानाहरुको प्रवर्द्धन गर्ने, लज तथा रिसोर्ट सन्चालन गर्नु पर्ने उनी सुनाउछन् ।
स्थानीय स्रोत र साधनको प्रयोग गरेर सिढी बाटो निर्माण गर्ने, खर्क चौरहरूमा पिकनिक स्पोर्ट बनाउने, उकालो बाटोमा खानेपानी र सार्वजनिक शौचालयको ब्यवस्थापनका साथै ठाउँ ठाउँमा विश्राम स्थलको निर्माण गर्ने चित्रे खर्क, हिलेखर्क, दिलिङ खर्क नजिकै सुविधाजनक अर्गानिक ताजा परिकारका खाजा पसल तथा होमस्टे खाेल्नुपर्ने स्थानीय दावा तामाङ भन्छन् जुरेढुङ्गा नजिकै रहेको नझले खर्कलाई पिकनिक स्पोर्टको रुपमा बिस्तार गर्नुपर्छ ।
जुरेढुङ्गाको टापुमा एउटा राम्रो छ्योर्तेन बनाएर पुजापाठ गर्ने तथा विश्राम स्थल रुपमा लैजानुपर्ने नाैकुण्ड गाउँपालिका पूर्व उपाध्यक्ष सिर्जना लामाले बताउछिन् । ‘आफ्नो कार्यकालमा गाउँपालिका भरकाे पर्यककीय सम्भावना अध्ययन गरेर भिजन समेत बनाएकाेले सवै मिलेर हातेमालाे गरी पर्यटन प्रवर्दन गरे बढ्दाे युवा बेराेजगारी समस्या पनि हल हुन सक्दछ।’ उनले थप्छि न्।
प्रदेश सरकारकाे समपुरक अनुदानबाट नाैकुण्ड गापाले आ.व. ०७८/०८९ काे तयार गरेकाे डिपीआर अनुरूप सिंढीबाटाे निर्माण सुरूभएकाे छ भने क्रमश:अघि बढाउनुपर्छ । सिर्जना भन्छिन ‘तामाङ समूदायकाे बहुल्यता रहेकाे नाैकुण्ड क्षेत्रमा स्थानीय उत्पादन, परम्पारगत कला, संस्कृति, भेषभूषा जाेगाउँदै, छुर्तेन र भ्यु प्वाइन्टबाट मनाेरम दृष्य नियाल्ने ठाउँ विकास गर्नुपर्छ ।’ यसका लागि विगतका याेजनाले निरन्तरता पाउनुपर्छ ।
नाैकुण्ड गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्रराज गिरी भन्छन् ‘सरमथलीदेखि पा¥च्याङ, पाटीखर्कहुँदै नौकुण्ड, गोसाँइकुण्डजाने पदमार्ग निमार्णका लागि डिपीआर गरी बागमती प्रदेश सरकार समक्ष बजेट माग भएको छ भने वडा वडामा संस्कृति संरक्षणका लागि गोेम्बा,मठ मन्दिर निर्माणको काम भएरहेको छ ।’ ग्रामीण पर्यटन प्रवर्धनका लागि स्थानीय सरकारले सक्दाे गरिरहेकाे छ उनी थप्छन् ‘पर्यटन प्रर्वद्धनका लागि जुरेढुङ्गा सिंढीबाटो निर्माण गतवर्ष २ करोडको काम भैरहेको रेलिङ सिंढी निर्माणकाे काम सम्पन्न हुन लागेको छ’ ।
भौतिक पूर्वाधार सहित पर्यटन विकासमा जोड् दिई पर्यटन प्रवर्द्धन गर्ने हो भने स्थानीयले गाउँमै स्वराेजगारी पाउने र यहाँका किसानले उत्पादन गरेका ताजा अर्गानिक तरकारीले सहज रूपमा बजार पाउने छन् । रैथाने परिकारकाे ताजा स्वादमा रमाउदै मनाेरम दृष्य नियाल्न धेरै स्वदेशी तथा विदेशी पर्यटकले नाैकुण्डका बिभिन्न गाउँभित्र नेवार, तामाङ, गुरूङ र मिश्रित जातजातिकाे बस्तीमा समेत पदयात्रा गरी रैथाने संस्कृति र भेषभूषा नियाल्न सकिन्छ ।