प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टर जाउलाखेल चोकमा 

साझाकथा संवाददाता

काठमाडौं, मंसिर २५

सौन्दर्य क्षेत्रमा बेग्लै पहिचान बनाउन सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले ललितपुरको जाउलाखेल चोकमा नयाँ शाखा संचालनमा ल्याएको छ।

बिगत २१ वर्षदेखि सौन्दर्य क्षेत्रमा नेपालकै उत्कृष्ट ब्यूटिपार्लर एण्ड ट्रेनीङ सेन्टर बन्न सफल भएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले सौन्दर्यका पारखिहरुका लागि सेवा प्रदान गर्नको साथै सौन्दर्य पेशालाइ अङ्गाल्न खोज्नेहरुको लागि तालिमको समेत ब्यवस्था गर्दै आएको छ।

एकान्तकुना जाउलाखेल ललितपुरमा संचालन हुँदै आएको प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले आफ्ना ग्राहक वर्गको सेवा सुविधालाई ध्यानमा राख्दै जाउलाखेल चोकमा शाखा बिस्तार गरेको छ।  प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरले ७००० हजार भन्दा बढीलाई सौन्दर्यकला सिप सिकाएर सम्बन्धित पेशामा दक्ष एवम् आत्मनिर्भर बनाएको छ।

प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङकि अध्यक्ष रेनु राना मगर (शाक्य) को माता पिता प्रेम शाक्य र सिता शाक्य तथा छोरी प्रोत्साहना राना मगरमार्फत रिवन काटि शुभारम्भ गरिएको उद्घाटन कार्यक्रममा अतिथिहरू बरिष्ठ सौन्दर्यबिद् रचना शाक्य,लक्ष्मी महत, कमला लामिछाने, शुष्मा रावल, चन्दा मगर, गायिका ऋतु कंडेल सौन्दर्यकर्मीहरु सुजाता राइ सबनम सुब्बा ऐस्वर्य शाक्य, मंजु श्रेष्ठ, प्रिती शाक्य पत्रकारहरू सुर्य चन्द, पुरुश्वतम बस्नेत, नवराज वाग्लेलगायतको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको अन्त्यमा उपस्थित सम्पूर्ण अतिथिहरुले प्रोत्साहनाज ब्यूटीपार्लर एण्ड ट्रेनीङ सेन्टरको शाखा बिस्तार गरेको खुसियालीमा बधाई तथा शुभकामना दिएका थिए। यस पार्लरमा अनुभबी सौन्दर्यकर्मीद्वारा सेवा सुविधा उपलब्ध गराइने सञ्चालक रेनु राना मगरले जानकारी गराईन।

जाउलाखेल क्षेत्रको अत्याधुनिक पार्लर सौन्दर्य प्रति सचेत महिलाहरुको लागि एकमात्र भरपर्दो गन्तव्य रहेको छ । अन्तराष्ट्रिय स्तरको प्रबिधि र सेवामुलक सम्पूर्ण सुबिधा सम्पन्न भएको ब्यूटीपार्लर जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी द्वारा सेवाग्राहीले सेवा लिन पाउनेछन् । महिला ग्राहकहरुको लागि खोलिएको यस पार्लरले गुणस्तरलाई नै पहिलो प्राथमिकता दिदै दिदै आएको रेनु बताउछिन्।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?