बाँदर धपाउँदै बित्छ दिन

२०७९ मंसिर २७, मंगलवार
सिन्धुपाल्चाेक, मंसिर २७

सिन्धुपाल्चोकको पूर्वी भेगमा रहेको पाँचगाउँका बासिन्दाको दिन बाँदर धपाउँदै बित्ने गरेको छ । खाद्यान्न बाली जोगाउन उनीहरु दैनिक बाँदर धपाउनमै व्यस्त हुने गरेका छन् ।

गहुँ, तोरी, आलु, प्याज, फलफूललगायत ठूलो सङ्ख्यामा आउने बाँदरले नोक्सानी गर्नाका साथै बालबच्चासमेत असुरक्षित हुन थालेपछि पिस्कर, धुस्कुन, चोकटी, तौथली र टेकानपुरका बासिन्दा दिनहुँ बाँदर लखेट्ने काममा व्यस्त हुनथालेका हुन् ।

हिउँदे बाली, तरकारी तथा फलफूल नोक्सान गरेपछि बाँदर लखेट्ने अभियान नै चलाइएको पिस्करका पृथ्वीजङ्ग पाण्डेले बताउनुभयो । वन्यजन्तु संरक्षण ऐनअनुसार बाँदर मार्न नपाइने भएकाले स्थानीयवासीको समूहले बाँदर लखेट्न समितिसमेत गठन गरेकोे उहाँको भनाइ थियोे ।

धुस्कुनका चन्द्रबहादुर विकका अनुसार दुई वर्षदेखि बाँदरले बढी दुःख दिन थालेको हो । उहाँले केटाकेटीलाई जोगाउनसमेत मुस्किल परेकाले बाँदर धपाउने अभियान चलाइएको बताउनुभयोे ।

राससबाट

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?