प्रदूषण जाँचपास नभएका गाडी चलाए १ लाख जरिवाना

काठमाडौं : वन तथा वातावरण विभागले प्रदूषण जाँच पास नगरी सवारीसाधन चलाए आजदेखि १ लाख रुपैयाँसम्मको जरिवाना गर्ने भएको छ।

विभागले मंसिर २२ गते एक सूचना जारी गर्दै यातायात व्यवसायी तथा सम्बन्धित सबैलाई सवारी साधनको प्रदूषण जाँच पास गरी तोकिएको मापदण्डअनुसार सवारी चलाउन भनेको थियो।

पछिल्लो समय काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका गाडीमा धुँवा निष्काशनको अवस्था दयनीय पाइएकाले प्रदूषणको जाँच नगरी गाडी चलाए पुस १ गतेदेखि कारबाही थालिने र १ लाख जरिवाना गरिने विभागले जनाएको छ।

विभागले वायु प्रदूषणको मुख्य कारण गाडीबाट निस्कने धुँवा र खुलारुपमा जलाउने फोहोर रहेको भन्दै प्रदूषण जाँच गरी तोकिएको मापदण्डमा सवारी चलाउन आग्रह गरेको छ।

जुनसुकै समयमा वातावर विभागबाट छड्के जाँच हुनसक्ने भन्दै विभागले प्रदूषण जाँचपासको रुपमा यसअघि जारी भएको हरियो वा अन्य स्टिकरको अवधि बाँकी रहेको अवस्थामा पनि प्रदूषण जाँचपास अनुत्तिर्ण हुने सवारीलाई समेत जरिवानालगायत कारबाही गरिने बताएको छ।

साथै विभागले टोल छिमेकीमा खुलारुपमा फोहोर जलाउने जोकोही व्यक्तिलाई कारबाही गरिने जनाएको छ।

यसरी खुला रुपमा फोहोर जलाउनेलाई कारबाही गरिने समेत विभागले जनाएको छ।

अन्नपूर्ण पाेस्ट्बाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?