गीत
मोहन आचार्य जलद
जिन्दगीको बाटो हिडे तिम्लाई भेटिनँ
दुःख सुख सारा हेरेँ मन्लाई मेटिनँ
_____ जिन्दगीको बाटो हिडे ____२
माया भन्ने कुरा पनि मनमा भएन
दुख्ख मात्र भयोे आज उनमा गएन
फूल दिएँ काँडा सम्झि मलाई भुलेर
जिन्दगीको भर पर्नु कस्लाई खुलेर
_____ जिन्दगीको बाटो हिडे ____२
आफन्तको कुरा सुन्दा पिरमा रोएर
कति दिन एक्लै बसे शिरमा छोएर
चोखो माया साँचो भन्थेँ पराई जनायौ
कष्ट दिन्छ नियतिले कस्लाई बनायौं
_____ जिन्दगीको बाटो हिडे ____२
देवचुली नवलपुर, नेपाल
हाल : कोभेन्ट्री बेलायत
तपाईलाई केहि भन्नु छ ?