स्वास्थ्यमा सुधार आएपछि नेता पुन स्वदेश फिर्ता

२०७९ पुष ५, मंगलवार
काठमाडाैं, पुस ५

नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुन चीनमा उपचार गराएर आज स्वदेश फर्कनुभएको छ ।

स्वास्थ्यमा सुधार भएपछि आज नेता पुन स्वदेश फर्किनुभएको हो । चीनको चाइना साउदर्न एयरलाइन्सको नियमित उडानमार्फत् उहाँ स्वदेश फर्कनुभएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताले पूर्वमन्त्रीसमेत रहनुभएका नेता पुनको स्वागत गरेका थिए ।

वंशाणुगत जण्डिसबाट पीडित हुनुभएका नेता पुनको स्वास्थ्यमा समस्या देखिएपछि गत मङ्सिर १६ गते उपचारका लागि चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पताल जानुभएको थियो ।

स्वास्थ्यमा सुधार देखिएपछि चिकित्सकको सल्लाहबमोजिम आफूहरु स्वदेश फर्किएको पूर्वसभामुखसमेत रहनुभएका नेता पुनका पत्नी ओनसरी घर्तीले जानकारी दिनुभयो ।

राससबाट

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?