आलुमा आत्मनिर्भर बन्दै नवलपरासी

🧠 सारांश:
Error: Gemini API response missing text. Check API key, model name, or quota.

नवलपरासी (बर्दघाट सुस्तापूर्व), पुस ६

आलु उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा बर्सेनि आलु उत्पादन हुने यस क्षेत्रमा उत्पादन बढ्दै गएपछि आत्मनिर्भर बनेको हो । जिल्लामा यो वर्ष तीन हजार एक सय ७५ हेक्टर क्षेत्रफलमा आलु खेती भएको नवलपुरस्थित कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल लामिछानेले बताउनुभयो ।

“गत वर्ष तीन हजार एक सय १५ हेक्टर जमिनमा आलु खेती भएकामा यो वर्ष ६० हेक्टर जमिनमा विस्तार भएको छ”, उहाँले भन्नुभयो, “गत वर्ष जिल्लामा ५५ हजार दुई सय ४५ मेट्रिक टन आलु उत्पादन भएको थियो ।”

जिल्लामा व्यावसायिकरुपले आलु खेती गर्ने किसानको सङ्ख्या प्रत्येक वर्ष बढेको तथ्याङ्कमा उल्लेख छ । “आलु उत्पादनका हिसाबले नवलपरासी (बर्दघाट सुस्तापूर्व) आत्मनिर्भर रहेको छ”, प्रमुख लामछिानेले भन्नुभयो, “यो वर्ष समय अनुकूल छ, आलु अत्पादन राम्रो हुने अनुमान छ ।”

मध्यविन्दु नगरपालिका क्षेत्रमा आलु राम्रो उत्पादन हुने गरेको छ । सो क्षेत्रमा व्यावसायिक रुपमा आलु उत्पादन गर्ने कृषक र कृषि समूहको सङ्ख्या उल्लेख्य रहेको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बौदिकाली गाउँपालिका, कावासोती नगरापलिका, देवचुली नगरपालिका र गैँडाकोट नगरपालिकामा व्यावसायिकरुपमा आलु खेती गर्ने गरिएको छ ।

किसानले उत्पादन गरेको आलु स्थानीय बजारका साथै काठमाडौँ पनि जाने गरेको छ । उक्त केन्द्रले कृषि समूहमा आलु खेती प्रवद्र्धन कार्यक्रमलाई यो वर्ष पनि निरन्तरता दिएको थियोे ।

राससबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?