फाेटाे फिचर
रसुवाकाे आमाछोदिङमो गाउँपालिका -५ ताताेपानी प्राकृतिक उपचारका लागि प्रख्यात थियाे । विनाशकारी भूकम्पका कारण सुकेकाे ताताेपानीकाे मुल निस्केपछि स्थानीय खुशी भएका छन् । अहिले पानी निस्केपनि कम ताताे छ । यहाँकाे ताताेपानीमा नुहाएर छाला राेगलगायत धेरै स्वास्थ्य समस्या निकाे पार्न देशका बिभिन्न भागबाट पुग्ने वर्षेनी यात्री गर्दथे ।
ताताेपानी गाउँमाे स्वदेशी तथा विदेशी पर्टयक पनि पुग्न थालेपछि हाेटल लज धेरै खुलेका छन् । ताताेपानी पुन : निस्केपछि धेरै खुशी भएका छन् । अब तापक्रम बढ्न सक्छ पानीकाे मुल पनि ठूलाे हुन सक्छ । पुराेनै ठाउँमा पानी निस्केपछि गाउँले खुशी भए स्थानीय नाेर्चेल तामाङ सुनाउछन् । पहिलेकै जत्राे मुल र तापक्रम पनि बढि भएहुने उनले भने ।
शब्द तस्वीर : हेमनाथ खतिवडा, रसुवा
तपाईलाई केहि भन्नु छ ?