मुख्यमन्त्री पाण्डेको राजीनामा स्वीकृत

२०७९ पुष ८, शुक्रबार

साझाकथा संवाददाता

हेटाैंडा, पुस ८

बागमती प्रदेशका  मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले मुख्यमन्त्री पदबाट शुक्रबार राजिनामा पेश गरे । उनकाे राजीनामा नेपालको संविधानबमोजिम स्वीकृत भएकाे छ ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्री  पाण्डेकाे राजिनामा स्वीकृत गरेका हुन् । उनकाे राजीनामा स्वीकृत गरिएको भएपनि प्रदेशको अर्को सरकार गठन नहुँदासम्म मौजुदा मन्त्रिपरिषद्लाई आफ्नो कार्यभार रहने बागमती प्रदेश प्रमुखको स्वकीय सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री पाण्डे गत मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा धादिङको निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भएका थिए ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?