नेपाल–कोरियामैत्री अस्पतालमा पनि डायलासिस

साझाकथा संवाददाता

भक्तपुर, पुस ८

मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगर अस्पतालमा डायलासिस सेवा सुरु गरेको छ । मिर्गौला रोगीको उपचारमा सहज पु¥याउने उद्देश्यले डायलासिस सेवा सुरु गरिएको हो ।

अस्पताललाई रोटरी क्लब अफ साङ्ली मिडटाउनको प्राविधिक सहयोग, रोटरी क्लब अफ जवलपुर वेष्टको आर्थिक सहयोग र रोटरी क्लब अफ मध्यपुरमार्फत् मध्यपुरथिमि नगरपालिकासँगको सहकार्यमा यो कार्य भएको छ । चार थान डायलासिस मेसिन हस्तान्तरण गरिएसँगै यो सेवा सञ्चालनमा आएको हो ।

अस्पताललाई बिहीबार क्लबले ४२ लाख नगरपालिकाले २० लाख गरी कूल ६२ लाख सहयोगमा ल्याइएका हुन् । मेसिन अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगर प्रमुख सुरेन्द्र श्रेष्ठ र रोटरी इन्टरनेशनल डिष्ट्रक ३२९२ का पूर्व डिजी किरणलाल श्रेष्ठले संयुक्तरूपमा हस्तान्तरण गरेका हुन् ।

मेयर श्रेष्ठले अस्पतालमा पहिलो पटक डायलासिस सेवा सञ्चालन गर्न पाउँदा खुसी लागेको बताएका थिए । ‘जनताको स्वास्थ्यप्रति हामी सचेत छौं’, उनी भन्छन् । अस्पताललाई कोइकाले एक अर्ब रुपैयाँ सहयोग गरेको छ । केही वर्षभित्र अस्पताल विस्तार शैय्याको संख्या दुई सय पु¥याउने मेयर श्रेष्ठको भनाइ छ ।

अस्पतालको २०६१ सालमा स्थापना भएको हो । अस्पतालका ६ वटा शैय्यामा डायलासिस सेवा सञ्चालन हुनेछ । जसका लागि एक जना चिकित्सक, तीन जना नर्स र एक जना प्राविधिक रहने जानकारी दिइएको छ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?